आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सैन्य तालिमभन्दा कम छैन चीनमा एयर होस्टेस प्रशिक्षण (फोटोफिचर)

शनिबार, १६ माघ २०७२, १३ : २६
शनिबार, १६ माघ २०७२

बेइजिङ – पछिल्लो समय एयर होस्टेस पेसा युवतीहरुको अकर्षण बनेको छ । तर, एयरहोस्टेस बन्न सजिलो भने छैन । एयर होस्टेस बन्नका लागि कडा मिहिनेत गर्नुपर्छ । चीनमा एयर होस्टेसहरुले कसरी चपस्टिक र अन्य सामाग्री प्रयोग गर्ने भन्ने विषयमा कडा प्रशिक्षण लिने गरेका छन् । उनीहरुले कसरी आफ्नो टाउकोमा किताबलाई अड्याउने भन्ने प्रशिक्षण पनि लिनुपर्छ । उनीहरुलाई पोस्टरजस्तै सिधा बसेर टाउकोमा किताब अड्याउने प्रशिक्षण दिइन्छ । त्यस्तै मुस्कान राम्रो बनाउन उनीहरुले मुखमा चपस्टिक राख्छन् । आफ्ना घुडाँको बीचमा उनीहरुले सिधा उभिदाँ एफोर साइजको पेपर समेत राखेको हुनुपर्छ । सिचूआन दक्षिण–पश्चिम नागरिक प्राविधिक उड्डन कलेजका विद्यार्थीहरु नयाँ परिक्षाका लागि यस्तो काममा केन्द्रित छन् । जनवरी २६ मा लिइएको तस्विरले पुरुष र महिला आफ्नो टाउकोमा इन्फ्लाईट म्यागेजिन राखेर खुट्टाको बीचमा एफोर साइजको पेपर च्याप्दै कठीन अवस्थामा उभिएको देखाएको छ । महिलाहरु आफ्नो स्किल सुर्धानेसँगै मेकअपमा समेत विशेष ध्यान दिन्छन् । उनीहरुले रंगीविरंगी सेतो, निलो र खैरो पोशाक लगाएका छन् । त्यस्तै पुरुषहरुले सुट लगाएका छन् । एक महिलाले एयर होस्टेस बन्नका लागि थुप्रै सिपहरु सिक्न जरुरी रहेको बताएकी छिन् । झाङ टोङटोङ भन्छिन्–‘हामीले आफ्नो टाउकोमा बोतललाई राखेर मात्रै पुग्दैन् । हाम्रो हाँसोलाई समेत देखाउन सक्नुपर्छ । तीन मिनेटसम्म हामीले बोतललाई त्यसरी टाउकोमा राख्नुपर्छ ।’ उनले यो प्रशिक्षण केवल परिक्षाका लागि मात्रै नभएर आत्मविश्वास बढाउन समेत महत्वपूर्ण साबित हुने बताइन् । चीनमा एयर होस्टेजको पदलाई महत्वपूर्ण रुपमा लिइन्छ । प्रत्येक वर्ष हजारौँ युवा–युवतीले फ्लाईट एटेन्डेन्टस् बन्न आवेदन दिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप