संगीतमा ‘योजना’ को योजना
योजना पुरी एकजना मिहिनेत र परिश्रम गरेर नथाक्ने गायिका तथा सञ्चारकर्मीको नाम हो । स्थायी ठेगाना मोरङ जिल्लाको राजघाट हो । बिबिएस सम्मको पढाई राजघाटबाट पुरागरेपछि उनले सांगितीक दुनियाँमा आफुलाई प्रवेश गराएकी थिइन् । २०६२ मा बिहानी कलाकेन्द्र उर्लाबारीबाट औपचारिक रुपमा संगीत विषयको अध्ययन गरेपछि उनले ०६३ मा दमकमा ‘न्यु वे’ आधुनिक र लोकपप एल्बम रेकर्ड गराइन । यहीबाट उनी औपचारिक रुपमा नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरिन् । झापा हुँदै उनको यात्रा काठमाडौंतिर मोडियो । ०६५ मा राजधानीमा आएर तारा लिम्बूसँगको सहकार्यमा अर्को एल्बम ‘घर हाम्रो पूर्वाअंचल’ बजारमा ल्याइन् । ०६७ सालमा एकल एल्बम ‘मनै त हो’ ल्याएकी उनी अहिले अहिले दोस्रो एल्बमको तयारीमा छिन् । पुरीले हालसम्म दुई दर्जनभन्दा बढी गीतहरूमा स्वर दिइसकेकी छिन् । एक दर्जन हाराहारी गीतहरूको त म्युजिक भिडियो पनि बजारमा आइसकेका छन् । गीतहरूमध्ये ‘मन नै त हो मायालु’,‘ए शिवजी..’.अन्य एलमबहरु साननानी भन्छन कोही....घारघुर मदानी ....पहाडकी छोरी...फर्क बद्घ...लगायतका गित स्रोताले अति मनपराएका छन् । उनले एउटा गीत राम्रो हुन शब्द, संगीत, स्वर र संगीत संयोजन सबै राम्रो हुन जरुरी रहेको बताइन् । ‘एउटा मात्रको कमसल प्रस्तुतिले सिंगो गीत नै प्रभावित हुन्छ ।’ उनले भनिन् । अहिले संगीतको विकास निक्कै राम्रो भएर आएको छ भन्ने उनलाई लागेको छ । भन्छिन्, ‘नयाँ कलाकार अत्याधिक मिहेनत गरेर आउँदै हुनुहुन्छ । संगीतलाई अहिलेको अवस्थाबाट अझ माथि उठाउन संगीतकर्मीहरूको अझै मिहेनतको अवश्यकता छ ।’ लक्ष्यमा पुग्नलाई ठूलै साधनाको खाँचो हुन उनको बुझाई छ । नेपाली गीतसंगीतलाई विश्वबजारमा लैजान अहिले भइरहेको प्रयास अपुरो नै लाग्छ उनलाई । ‘नेपाली गीत संगीतलाई अझ व्यवस्थित गर्न कलाकारहरूले हार्डवर्किङ गर्नुपर्छ । सरकारको तर्फबाट पनि जसरी अहिले भरखरदेखि खेलकूदलाई व्यवस्थित गर्न थालिँदै छ त्यसरी नै संगीतलाई पनि व्यवथित गर्दै लैजानुपर्छ ।’ उनले भनिन् । रेडियो राजधानी, रेडियो अडियोमा र नेपाल वाणी नेटवर्कमा काम गरिसकेकी उनले पत्रकारितामा स्नातकोत्तरको अध्ययन समेत गरिरहेकी छिन् ।ं भविष्यमा कुनै बेला बिजिनेश गर्न सकिने सम्भावना भए पनि हाल भने पूर्ण रुपले संगीत क्षेत्रमा नै लागि रहने उनको लक्ष्य छ । देशको अवस्थासँग मेलखाने गित ‘फर्क बुद्घ कँहा गयौ’ बोलको गितले स्रोतको मन जित्न सफल भएको उनले बताइन् । योजना संगीत क्षेत्रमा लागेर पनि गुणस्तरीय जीवन जिउन सकिने मान्छिन् । तर, त्यसको लागि ‘म यसै क्षेत्रमा लागेर बाँच्छु’ भनेर अठोट गर्नुपर्ने र कडा मिहेनत चाहिने उनले बताइन् । उनी भन्छिन्, ‘औलामा गन्न सकिने संगीतकर्मीहरू मात्र यसै क्षेत्रको कमाइले बाँच्नु भएको छ ।’ उनका दोस्रो एल्बमको गितका केहि गित भने रेकर्ड भइसकेका छन । केहि तयारी अवस्थामा रहेको उनले बताइन् । पछिल्लो नौ बर्षदेखि संगीत क्षेत्रमा संघर्ष गरिरहेकी छिन उनले । ‘सानो उमेर देखिनै संगीत क्षेत्रमा लागेर केहि गरौं भन्ने थियो ।’ उनले भनिन्, ‘शुरुमा परिवारको पनि साथ थिएन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारमाथि निगरानी गर्दै कांग्रेस, अब मन्त्रालयगत संयोजक सक्रिय
-
बहिर्गमनको चर्चाबारे पत्रकारले प्रश्न गरेपछि स्वास्थ्यमन्त्री मेहताले के भनिन् ?
-
'शिक्षा र स्वास्थ्यमा कर लगाउने नीति सैद्धान्तिक रूपमा गलत छ, यसले महँगी बढाउँछ'
-
तातो हावाबाट कसरी बच्ने ?
-
काठमाडौँमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबिच सम्झौता
-
चौराहा–गोलपार्क सडक निर्माणको म्याद फेरि थपियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण