रियल र एथ्लेटिकोमाथिको खेलाडी किन्न नपाउने प्रतिबन्ध हटाइयो
म्याड्रिड – विश्व फुटबलको नियामक निकाय फिफाले स्पेनिस क्लबद्वय रियल म्याड्रिड र एथ्लेटिको म्याड्रिडमाथि लगाएको ट्रान्सफर प्रतिबन्ध हटाएको छ । यसअघि फिफाले कम उमेरका खेलाडी स्थानान्तरण गर्दा नियम मिचेको भन्दै दुई क्लबमाथि खेलाडी किन्न प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्ध जनवरी ट्रान्सफर विन्डो सकिएपछि सोमबारदेखि लागु हुने थियो । दुवै क्लबलाई सन् २०१७ को जुलाईसम्म कुनै पनि नयाँ खेलाडी किन्न नपाउने गरी फिफाले प्रतिबन्ध लगाएको थियो । एथ्लटिकोमाथि ८ लाख र रियलमाथि २.४ लाख पाउण्ड जरिवानासमेत तोकिएको थियो । दुवै क्लबले प्रतिबन्धविरुद्ध अपिल गरेपछि त्यसलाई सुनुवाई अघिसम्म हटाइएको हो । दुवै क्लबको अपिललाई सुनिने छ र यदी उनीहरुको अपिल खारेज भयो भने उनीहरुले नयाँ खेलाडी किन्न पाए पनि दार्ता गर्न पाउनेछैनन् । बार्सिलोनालाई पनि सन् २०१४ को अप्रिलमा यस्तै प्रतिबन्ध लगाइएको थियो । जसले गर्दा आर्डा टुरान र एलेक्सिस भिडाललाई किने पनि लिगमा दर्ता गराउन पाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण