नाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित : नेता पोखरेल
पर्वत– नेकपा (एमाले)का स्थायी समिति सदस्य शङ्कर पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दी पूर्णरुपमा नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुने बताएका छन् ।
कुश्मा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै नेता पोखरेलले मुलुकको अहसज परिस्थितिलाई थाती राख्दै सरकारको प्रमुख व्यक्ति भ्रमणमा जानु उचित नहुने भन्दै नाका सहज नभएसम्म नजाने प्रधानमन्त्रीको अडान कायमै रहने बताए ।
नेता पोखरेलले मुलुकको नयाँ संविधान जारी भएकै कारण नाकाबन्दी भएको बताउँदै यसमा वर्तमान सरकारको कुनै दोष नभएको बताए । उनले भने–‘कोइराला नेतृत्वकै सरकारको पालादेखि निम्तिएको परिस्थिति हो, अहिलेको सरकारको कुनै दोष छैन ।’ नेता पोखरेलले १३ औँ महाधिवेशनपछि नेपाली काँग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना, वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद कल्पना चापागाँई, वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, वैकल्पिक केन्द्रीय सदस्य मुना केसी तथा सांसद विकास लम्साललगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण