आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

प्रहरीप्रति स्थानीयको बुझाई सकारात्मक बन्दैछ

शनिबार, १६ माघ २०७२, १८ : १६
शनिबार, १६ माघ २०७२

ललितपुर–एक दशकअघिसम्म ललितपुरका स्थानीय जनताको नजरमा प्रहरी प्रशासन भनेको पहुँचवालाहरुलाई संरक्षण गर्ने, सर्वसाधारण दुःख दिने राज्यको संयन्त्रका रुपमा लिने गथ्र्यो । तर समयक्रमसँगै उनै जनता अहिले प्रहरी प्रशासनलाई सहयोग गर्न हरहमेशा तयार हुने गरेको पाइएको छ । यसको एउटा ज्वलन्त उदाहरण हो, मंगलबजारस्थित पाटन दरबार क्षेत्रमा शनिबार आयोजित प्रहरीको नागरिक सुनवाई कार्यक्रमा सहभागिहरुले मंगलबजार प्रहरी प्रभाग रहेको जुनसुकै बेला भत्किन लागेको बताउँदै सो भवन पुनःनिर्माण तुरुन्तै थाल्नुपर्ने माग राखे । ‘यस्तो हुनु भनेको प्रहरीको व्यावसायिक विकाससँगै स्थानीय समुदायसँग घुलमिल भएर निरन्तर काम गरिरहनुको परिणाम हो ।’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले नागरिक सुनवाई कार्यक्रममा भने । विगतदेखि जीर्ण रहेको सो भवन वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्ण क्षति भएको थियो । यसले गर्दा सयौं प्रहरीहरु मंगलबजारकै कोतपाटीमा बस्न बाध्य भएका छन् । मंगलबजार प्रभागले आयोजना गरेको नागरिक सुनवाई कार्यक्रममा क्षतिग्रस्त भवनको पुनः निर्माणलाई बहसको केन्द्रविन्दु बनाए । ललितपुर उपमहानगरपालिकाको नाउँमा रहेको प्रभागको क्षतिग्रस्त भवन उपमहानगरपालिकाले भत्काउने निर्णय गरिसकेको छ । भत्काएर सोही ठाउँमा भवन बनाउने वा खुल्ला राख्ने भन्ने विषयमा उपमहानगरपालिकाले निर्णय गर्न नसकिरहेको समयमा सुनवाई कार्यक्रममा स्थानीयवासिन्दाहरुले भित्री बस्तीबाट प्रहरी प्रभाग सार्ने नहुने समेत अडान लिएका थिए । ‘यहाँका प्रहरीले जनताको नजिक काम गरेका कारण प्रहरी प्रशासनप्रति अपनत्व बोध बढेको छ । ’ललितपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष अजरमान जोशीले भन्नुभयो ‘प्रहरीलाई सुरक्षित स्थानमा सार्नुपर्ने विषयमा स्थानीयवासीहरुसंगै मिलेर आफूले पटक पटक पहल गर्दै आएपनि अहिलेसम्म त्यसको टुंङ्गो लाग्न सकेको छैन । यसले गर्दा दुःखित छु ।’ पूर्व मन्त्री बुद्धिराज बज्रचार्यको समेत उपस्थिति रहेको सो कार्यक्रममा स्थानीय जनताको तर्फबाट कार्यक्रमको सभापति वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी हुनुहुन्थ्यो । आफ्नो धारणा राख्ने क्रममा शताब्दी पुरुष समेत घोषित जोशीले सत्य, सेवा र सुरक्षा नै प्रहरी प्रशासनको मूल मन्त्र रहेको बताउँदै प्रहरी प्रशासनलाई बदनाम बनाउन राजनीतिक र कर्मचारीतन्त्र ठूलो भूमिका रहेको धारणा राखे । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक पिताम्बर अधिकारीले सहभागीहरुले राखेका जिज्ञासा, गुनासाहरुको उत्तर दिने क्रममा नागरिक सुनवाईले प्रहरी प्रशासनमा देखिएको विकृति–विसंगति हटाउने, जवाफदेही बनाउने बताउँदै स्थानीय जनताको निरन्तर सहयोगले अपराध, भ्रष्टाचार न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरे । वरिष्ठ उपरीक्षक अधिकारीले प्रहरी र नागरिकबीचमा बिचौलियाहरुको चलखेलका कारण अविश्वास, भ्रष्टाचार मौलाएकोले प्रहरी र नागरिकबीच निरन्तर संवाद हुनुपर्ने खाँचो औल्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप