भ्रष्ट्राचारको विरुद्धमा युवा जमात बढ्दो
विर्तामोड – समाजमा बढ्दो भ्रष्ट्राचारको विरुद्धमा आवाज उठाउँदै आएको युवा जमातको सञ्जाल बागेश्वरी असल शासन क्लबको झापामा पनि शाखा विस्तार गरिएको छ । शनिबार विर्तामोडमा आयोजित एक भेलाले झापा जिल्ला कार्य समिति गठन गर्दै शाखा विस्तारको घोषणा गरिएको हो । नवगठित समितिको अध्यक्षमा राजेन्द्र खनाल चयन भएका छन् भने उपाध्यक्षमा कविराज चाम्लिङ रहेका छन् । त्यस्तै, समितिको सचिवमा सिर्जना घिमिरे, सह–सचिवमा अर्जुन खरेल र कोषाध्यक्षमा युमा राई रहेका छन्् । समितिको सदस्यहरुमा सेलिङ के.सी., योगप्रसाद भट्टराई, जयन्ती आचार्य, दृष्टिका खनाल, गीता संगम राई, विराट किराती र सुस्मिता पोखरेल लगायत रहेका छन् । नवगठित समितिको पहिलो वैठकपछि शाखालाई वैधानिकता दिन जिल्ला प्रशासन कार्यालयमा दर्ता र केन्द्रीय समितिमा आबद्ध गराउने तयारी रहेको अध्यक्ष खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण