राष्ट्रिय सहिद स्मारक छिट्टै निर्माण गरिने : मन्त्री ढकाल
काठमाडौँ– सहिदका नाममा काठमाडौँको गोकर्णमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकको छिट्टै निर्माण गर्न सरकारका तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
सहिद दिवसको उपलक्ष्यमा आज गोकर्णमा आयोजना गरिएको कार्यक्रममा शान्ति तथा पुनःनिर्माण मन्त्री एकनाथ ढकालले स्मारक निर्माणमा अवरोध गर्ने र काम नगर्ने दुवैलाई कारबाही गरिने बताए ।
देश विकास नभई सहिदको सम्मान नहुने भएकाले विकासको बाटोमा जुट्न एकता हुनुपर्नेमा उनले जोड दिएका थिए । भूमिगत र अर्धभूमिगत रुपमा रही आन्दोलन गरिरहेकालाई वार्तामा आउन पनि मन्त्री ढकालले अनुरोध गरे ।
कार्यक्रममा सांसद जयदेव जोशीले सहिदका सपना पूरा गर्न सबैको योगदान हुनुपर्ने आवश्यकता औँल्याए । “साना कुरामा विवाद गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर बनाइनु हुन्न, यसमा सबै दलको ध्यान जान आवश्यक छ” – उनले भने ।
सांसद रामेश्वर फुयाँलले स्मारक सबै दलको एकतामा अघि बढिरहेकाले थपिएको समयमा सम्पन्न गर्न सरोकारवाला सबैको ध्यान जानुपर्नेमा जोड दिए ।
पूर्व सांसद एवम् सहिद प्रतिष्ठानका अध्यक्ष एकराज भण्डारीले सत्य निरुपण आयोग र बेपत्ता छानबिन आयोग गठन हुन नसक्दा पीडितले न्याय नपाएको गुनासो गरे ।
स्मारकका अध्यक्ष सुदर्शन सिग्देल र महासचिव त्रिलोचन पौडेलले निर्माण कार्यमा मन्त्रालय, आयोजना र पार्क निर्माण तथा व्यवस्थापन समिति सबैको सहयोग जरुरत रहेको बताए ।
सो अवसरमा मन्त्री ढकालले पार्क क्षेत्रभित्र निर्माण हुने जैविक विविधता, वन तथा वातावरण एवम् शैक्षिक सूचना केन्द्र र इलाका रेन्जपोष्ट कार्यालय भवनको शिलान्यास गरे ।
मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत रु ४६ करोड ७१ लाखको लागतमा स्मारक निर्माण भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण