निजी जमिन उपयोग गरी कृषिमा आत्मनिर्भर बनाइने : मन्त्री गजुरेल
काठमाडौँ–कृषि विकासमन्त्री हरिबोल गजुरेलले लामो समयसम्म बाँझो राखिएको निजी जमिनलाई सरकारले उपयोग गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने बताएका छन् ।
नेपाल कृषि पत्रकार प्रतिष्ठान (जोना) र राष्ट्रिय कृषक समूह महासङ्घद्वारा आज यहाँ आयोजित ‘कृषि मन्त्रीसँग किसान’ संवाद कार्यक्रममा मन्त्री गजुरेलले पहिलो चरणमा निजी जमिन बाँझो नराख्नका लागि मन्त्रालयले आग्रह गर्ने, त्यसो गर्दा पनि आफ्नो जमिन उपयोग नगरेको खण्डमा बोलपत्र आह्वान गरेर करारमा कृषि खेती गर्ने बताए ।
उनले मुलुकभरि एक हजार ५०० जना कृषि प्राविधिक नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको बताउँदै आफूले प्रस्तुत गरेको २७ बुँदे प्रतिबद्धतामध्ये किसानलाई पेन्सनको व्यवस्थालाई जतिसक्दो चाँडो कार्यान्वयनमा ल्याउने बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा हरिकृष्ण उपाध्यायले कृषिको उत्पादनमा मात्र ध्यान दिनुको सट्टा बजारीकरणमा समेत ध्यान दिनुपर्छ भने । तरकारी व्यवसायीद्वय कृष्णप्रसाद सञ्जेल र मोहन बस्नेतले खेतीका लागि दिइने अनुदानलाई सरकारले व्यवस्थित गर्नुपर्ने माग गरे ।
राष्ट्रिय कृषक समूह महासङ्घका अध्यक्ष उद्धव अधिकारी र कृषि विज्ञ भोलामान सिंह बस्नेतले कृषि नीतिमात्र ल्याउनेभन्दा पनि भएका नीतिलाई कार्यान्वयनमा जोड दिए ।
नेपाल पर्माकल्चर समूहका अध्यक्ष ठाकुर भण्डारीले सरकारले चुरे क्षेत्र संरक्षण गर्न भनी त्यस क्षेत्रका गरिब किसानलाई हटाउने काम गरेकोमा गुनासो गरे ।
कफी व्यवसायी महासङ्घका अध्यक्ष ढकेश्वर घिमिरेले नेपाली कफीको उत्पादनभन्दा माग बढ्दै गएको अवस्थामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्छ भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण