आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

कांग्रेस निर्वाचनमा संस्थापनले गरे बहिष्कार

शनिबार, १६ माघ २०७२, १९ : ००
शनिबार, १६ माघ २०७२

बझाङ–नेपाली कांग्रेसको शुक्रबार सम्पन्न वडास्तरीय अधिवेशन संस्थापन पक्षले बहिष्कार गरेको छ । जयपृथ्वी नगरपालिका–४ चैनपुरको अधिवेशनमा प्रजातान्त्रिक पक्षले समय सकिएपछि मनोनयन दर्ता गरेको भन्दै संसथापन पक्षले निर्वाचन बहिष्कार गरेको हो । संस्थापन पक्षले निर्वाचन बहिष्कार गरेपनि प्रजातान्त्रिक पक्षले भने निर्वाचनलाई रोक्न नमिल्ने भन्दै निर्वाचनलाई निरन्तरता दिएको थियो । अधिवेशनमा निर्वाचन दर्ता गर्ने अन्तिम समय शक्रबार ४ बजे तोकेको थियो । संस्थापनका उम्मेद्वारले तोकेको समयमा नै मनोनयन दर्ता गरेको र प्रजातान्त्रिक पक्षले तोकेको समयभन्दा आधा घण्टापछि मनोनयन दर्ता गरेका विवाद भएको संथापन पक्षका वडास्तरीय सभापतिमा उम्मेद्वार लोकेन्द्र बिष्टले बताए । उनले भने, ‘हामीले बहिष्कार गरेपछि ८५ मतमा १५ मत निर्वाचन अधिकृतको हस्ताक्षर समेत नभएका फर्जी मत खसेका रहेछन् ।’ संस्थापन पक्षले निर्वाचनमा भाग नलिएपछि प्रजातान्त्रिक पक्षका सबै उम्मेद्वार र्निविरोध विजय भएका छन् । जसमा प्रजातान्त्रिक पक्षका ज्ञान बहादुर सिंह सभापति, पुरुष क्षेत्रीय प्रतिनिधि कुवेर बहादुर सिंह, बिष्णु भक्त जोशी र दल बहादुर बिष्ट एवं महिला क्षेत्रीयमा प्रतिनिधि हरिप्रिया जोशी, उमा केसी रहेका छन् । संस्थापन पक्षले बहिष्कार गरेपछि १४७ सक्रिय सदस्य रहेको जयपृथ्वी नगरपालिका–४ को निर्वाचनमा ८५ मत खसेका थिए । जयपृथ्वी नगरपालिकाको वडा नम्बर १० लुयाटामा क्षेत्रीय प्रतिनिधिका प्रत्यासी निवर्तमान जिल्ला सभापति चेतराज बजाल, मोतीलाल उपाध्याय, मोहन राज उपाध्याय, गणेश राज जोशी, गौरीलाल जोशी, जोग बहादुर बिक र हिमाल पुरी गरी ६ जना भएकाले स्थगित भएको क्रियाशिल सदस्य केश बहादुर खातीले बताए । बझाङ जिल्लामा नगर अधिवेशन माघ १७ गते र जिल्ला अधिवेसन माघ २५ गते हुने भएको छ । अधिवेशनमा विभिन्न पदका लागि संस्थापन पक्ष र प्रजातान्त्रिक पक्ष कार्यकर्ता आ–आफ्नो पक्षका बहुमत जुटाउन प्रचारप्रसारमा लागिपरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप