१४ औँ आहा ! रारा गोल्ड कपको उपाधि मनाङलाई
शनिबार, १६ माघ २०७२, १९ : २०
आर्मी मनाङसँग १–० गोल अन्तरले पराजित
पोखरा–मोफसलकै सर्वउत्कृष्ट फुटबल प्रतियोगिता तथा साहारा क्लब पोखराद्वारा आयोजित १४ औँ आहा/रारा गोल्ड कप–२०७२ को उपाधि लक्ष्मी हुन्डाईं मनाङ–मस्याङर्दी क्लब काठमाडौँले उचालेको छ । उपाधि विजेता मनाङले ५ लाख १ हजार तथा सिल्ड, मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उप–विजेता त्रिभुवन आर्मी क्लब काठमाडौँले २ लाख ५१ हजार तथा मेडल र प्रमाणपत्र हात पारेको छ ।
उपाधिका लागि पोखरा रंगशालामा शनिबार भएको अन्तिम फाईनल फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ मस्याङ्दी क्लब विजय भएको हो ।
मनाङलाई आज भएको खेलमा उपाधि जिताउन खेलको ४९ औँ मिनेटमा मनाङका जर्सी नम्बर १५ का सुवास गुरुङले गरेको १ मात्र गोल निर्णायक बन्यो । मनाङका सुजल श्रेष्ठले डि एरिया नजिकबाट दिएको पासमा सुवासले सिधै गोलको दिशा दिएका हुन् ।
पहिलो हाफ सुरु भएको १५ औँ मिनेटसम्म मनाङले गोल गर्ने अवसरहरु पाएपनि सुदपयोग गर्न सेन । १५ औँ मिनेटसम्म आक्रमक खेलेको मनाङलाई पहिलो हाफको २० औँ मिनेटपछि मनाङलाई त्रिभुवन आर्मी क्लबले दबाबमा राख्यो । १० हजार बढी दर्शकले भरिएको रंगशालामा आर्मीले गोल गर्छ भन्ने धेरैलाई लागेको थियो ।
आर्मीले खेल सुरुभएको १६ औँ मिनेटमा गोल गर्ने अवसर चुकायो । आर्मीका टंक बस्नेतले दिएको पासलाई आर्मी पदम तामाङले गोल गर्न चुके ।
२५ औँ मिनेटमा आर्मीका भरत खवासले डि बक्स नजिकबाट वान भर्सेज वानमा हानेको बल मनाङका किपर किरण चेम्जोङ लागेर रिबाउण्ड भएको बललाई आर्मीका रुईप गुरुङल हान्दै गर्दा किपरले समाएँ ।
त्यस्तै पहिलो हाफको ३२ औँ मिनेटमा मनाङका विश्वास श्रेष्ठले गरेको प्रहार आर्मीका किपर सुजल श्री वास्तबले समाले । ३८ औँ मिनेटमा मनाङ जर्सी नम्बर ९ का ओलाओले गरेको प्रहार गोलमा परिणत हुन सकेन ।
पहिलो हाफ दुवै टिमले बराबरी खेलेपनि दोस्रो हाफ सुरुभएको ४ मिनेट मै मनाङले गोल ग¥यो । मनाङका सुवास गुरुङले खेलको ४९ औँ मिनेटमा हानेको १ मात्र गोल नै उपाधिका लागि मनाङलाई जिताउन निर्णायक गोल हुन पुग्यो ।
दोस्रो हाफको ५४ औँ र ५६ औँ मिनेटमा मनाङका ओलाओले गरेको प्रहार आर्मीका किपरले बचाउ गरे । त्यसपछि आर्मीको दबाबमा परेको मनाङले गोल गर्ने अवसर पाएन ।
खेलको ६३ औँ मिनेटमा आर्मीका टंक बस्नेतले हानेको प्रहार थोरै पोस्ट बाहिर गयो । त्यस्तै खेलको ६८ औँ मिनेटमा आर्मीका दीप लामाले हानेको कडा प्रहार किपर किरण चेम्जोङले बचाउँ गरे । खेलको ९० औँ मिनेटसम्म पनि गोल हान्न त्रिभुवन आर्मी ल्कब प्रयासरत भएन पनि गोल गर्न सकेन । अनन्तः मनाङले उपाधि उचाल्न सफल भयो ।
फाईनल खेलको म्यान अफ दी म्याच मनाङ का किपर किरण चेम्जोङ घोषित भए । बेस्ट पिलियर मनाङका ओलेवाला,
बस्ट डिफेन्डर आर्मीका हिरण्य मगर, बेस्ट गोलकिपर मनाङका किरण चेम्जोङ, बेस्ट मिड फिल्डर आर्मी का दीप लामा, बेस्ट स्टाईगर मनाङका ओलेवाला र बेस्ट कोच मनाङका छिरिङ लोप्पा गुरुङ घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण