आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

दाउरा प्रहार गरी श्रीमतीको हत्या

आइतबार, १७ माघ २०७२, १० : ४५
आइतबार, १७ माघ २०७२
रत्ननगर (चितवन) - भरतपुरमा श्रीमान्ले दाउरा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गएराति करिब ११ बजेतिरको समयमा भरतपुर–७ उज्जल टोलमा उक्त घटना भएको हो । स्थानीय ३८ वर्षका त्रिभुवन काफ्लेले श्रीमती जमुना काफ्लेलाई धारिलो दाउरा प्रहार गरी हत्या गरेको चितवनका प्रहरी उपरीक्षक बसन्त कँुवरले जानकारी दिए। गए राति ११ बजे भएको उक्त घटनापछि गम्भीर घाइते भएकी जमुनाको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरतपुरमा आज बिहान ज्यान गएको हो । घरायसी झगडाका क्रममा श्रीमानले उनलाई दाउराले प्रहार गरी हत्या गरेको पाइएको प्रहरी प्रमुख कुँवरले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको छ । कर्तव्य ज्यान मुद्दामा कारबाही गरिने प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप