पूर्वराजा ज्ञानेन्द्रले बैंककमा किन भेटे छिमेकी देशका गुप्तचर अधिकारीलाई ?
काठमाडौं – दरवार छाडेपनि घरवार र जिम्मेवारी नछाडेको विज्ञप्ती जारी गरेको केही दिनपछि बैंकक भ्रमणमा निस्केका पूर्वराजा ज्ञानेन्द्र शाहले त्यहाँ ‘संवेदनशिल र अर्थपूर्ण’ भेटघाट गरेका छन् । बैंककमा उनले उत्तर र दक्षिण छिमेकी देशका गुप्तचर निकायका उच्च अधिकारीसँग भेट गरेका हुन् ।
देशको अहिलेको राजनीतिक अबस्थाप्रत्ति पूर्वराजा शाहले असन्तुष्टि जनाउँदै आएका छन् । गणतन्त्र घोषणादेखि नै असन्तुष्ट पूर्व राजाले नयाँ संविधानमा राजसंस्थाको ‘स्पेस बनाउन’ चाहेका थिए । तर, असोज ३ मा जारी संविधानले राजसंस्थालाई कुनै भूमिका र स्पेस नदिएपछि पूर्व राजा शाहले आफ्ना गतिविधि बढाएका हुन् ।
पूर्व राजा नजिक मानिने उच्चस्रोतले देशको अहिलेको राजनीतिक अबस्था र राजसंस्थाको भविष्यका विषयमा छलफल भएको पुष्टी गरेको छ । प्रमुख राजनीतिक दलका नेताहरुले समेत यो वा त्यो नाममा उत्तर र दक्षिण छिमेकी देशका गुप्तचर अधिकारीसँग भेट गर्ने गरेको भन्दै पूर्वराजा शाहले आफुले भेट्दा कुनै आपत्ति हुनु नपर्ने समेत बताएका छन् ।
‘सवै राजनीतिक दलका नेताहरुले कहिले कहाँ, कहिले कहाँ भेट गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका लागि मन्त्रीले समेत यस्ता भेट गरिरहेका छन् । देशको अभिभावकको हैसियतमा पूर्वराजाले भेटन नहुँने भन्ने हुँदैन’ पूर्व राजा निकट स्रोत भन्छ, ‘हो, उहाँले बैंककमा केही अधिकारीहरुसँग भेट गरिबक्सेको छ । यो राष्ट्र र जनताको हितका लागि हो ।’
भेटमा दक्षिणी छिमेकीक अधिकारीहरुले ‘अगाडि बढन्’ सुझाव दिएको तथा उत्तरी छिमेकी अधिकारीहरुले आफुहरु ‘पर्ख र हेर’ को अबस्थामा रहेको पूर्व राजालाई बताएको स्रोतले बतायो । भारतीय कट्टरपन्थी हिन्दुवादीहरुले नेपालमा राजसंस्थाको वकालत गर्दै आएका छन् । यता पूर्व युवाराज पारश र उनकी पत्नी हिमानी पनि सामाजिक काममा देखिन थालेका छन् । केही दिन अगाडि पूर्व युवराज पारश बनकाली पुगेर भोज खुवाएका थिए भने ललितपुरमा एउटा एक्पोको उद्घाटन गरेका थिए ।
पूर्व राजा शाह माघ ७ गते बैंकक गएका थिए । देशमा गणतन्त्र स्थापनापछि आफ्नो भूमिकाको विषयलाई लिएर पूर्वराजा शाहले पटक–पटक भारत भ्रमण समेत गर्दै आएका छन् । भेटका लागि बैंकक रोजिनुको पछाडि दुवै पक्षको गोपनियता बचाउनु रहेको मानिएको छ ।
असोज ३ मा संविधान जारी हुने निश्चित भएपछि पूर्व राजा शाहले आफु नजिकका व्यक्तिहरुसँग राजसंस्थाको भविष्यदेखि संविधानपछि देशमा आउने परिस्थितिवारे कुराकानी गरेका थिए ।
पृथ्वीजयन्तीकोे पूर्वसन्ध्यामा पूर्व राजा शाहले विज्ञप्ती जारी गरेर आफ्नो जनताप्रतिको जिम्मेवारी कायमै रहेको तथा दरवार छाडेपनि घरवार नछाडेको बताएका थिए । उक्त विज्ञप्ती मार्फत पूर्व राजा शाहले जनताबाटै राजसंस्थाको विकल्प खोज्नुपर्ने सन्देश दिएका थिए । उनले आपसी सद्भाव खल्बलिएको, जनजीवन अस्त–व्यस्त भएको र राष्ट्रिय एकता खल्बलिएको दावी पनि विज्ञप्ती मार्फत गरेका थिए ।
पूर्व राजावादीहरुले उक्त विज्ञप्तीले सवै शक्ति मिलाएर अगाडि जाने सन्देश दिएको रुपमा अथ्र्थाएका थिए । पूर्व राजा शाहले विज्ञप्ती मार्फत जनता अव चुप लाग्नु हुँदैन, उठनुपर्छ भन्ने सन्देश पनि विज्ञप्ती मार्फत दिएको उनी नजिक रहेर काम गरेकाहरुले अथ्र्थाएका थिए । उनले जनताकै माग अनुसार राजसंस्था फर्कनुपर्ने सन्देश पनि विज्ञप्ती मार्फत दिएका थिए ।
तराई–मधेश हुँदै विभिन्न जाती र समुदायको असन्तुष्टिवीच प्रमुख तीन दलले संविधान निर्माणमा निर्णायक कदम चालेपछि पनि पूर्व राजा ज्ञानेन्द्र शाह निकै दु:खी भएका थिए । उनले राष्ट्रवादी शक्तिहरुलाई पाखा लगाएर ल्याउन थालेको संविधानले देशमा गृहयुद्ध निम्ताउन सक्ने आकलन गरेका थिए ।
असोज ३ मा संविधान जारी हुने निश्चित भएपछि पूर्व राजा शाहले आफु नजिकका व्यक्तिहरुसँग राजसंस्थाको भविष्यदेखि संविधानपछि देशमा आउने परिस्थितिवारे कुराकानी गरेका थिए ।
संविधानको विद्येयकमाथि मतदान जारीभएपछि पूर्वराजावादीहरुसँग पूर्व राजाले भलाकुसारी गरेका थिए । पूर्व राजा शाहले भारतसँग घुँडा नटेकेर राष्ट्रभक्त देखाउँदा आफु र राजसंस्था यस्तो अबस्था आएको विश्लेषण सुनाएका थिए । ‘भारतसँग घुँडा टेकेको भए मेरो संस्था बच्ने थियो । मैले घुँडा टेकिनँ । राष्ट्रवादी शक्तिलाई पाँखा लगाउने काम भयो’ पूर्व राजा शाहले भनेका थिए, ‘अन्तरिम संविधानमा नभएपनि नयाँ संविधानमा राजसंस्थालाई स्पेस दिने आशा थियो । सांस्कृति रुपमै भएपनि स्वीकार गरेको भए राम्रो हुने थियो । समयको कुरा हो । परिवेशको कुरा हो । दलहरु तयार भएनन् । भारतमा यो चलन छ नि, पूर्व राजाहरुलाई उनीहरुलाई व्यवस्थित त गरेका छन नि ।’
यस विषयमा रातोपाटीले भदौ अन्तिम साता प्रकाशित गरेको समचार यस्तो थियो । उक्त समाचार पढ्न यहाँ क्लिक गर्नुहोस । रातोपाटीमा समाचार प्रकाशित दिन टिका धमलाले विविसिलाई दिएको अन्तर्वार्तामा पूर्व राजा दुखी रहेको बताएका थिए ।
त्यसो त पूर्व राजा शाहले नयाँ बर्षको अवसरमा पनि विज्ञप्ती जारी गरेर आफ्नो भूमिका स्थापित गर्नुपर्ने सन्देश दिएका थिए । ०७१ चैत्र ३० गते उनले जारी गरेको विज्ञप्तीमा ‘धरातलीय अनुभवमा मैले बुझेको कुरा हो, नेपाली जनता यतिखेर चरम चिन्ता, निराशा, बाधा, वेदना र वितृष्णाको स्थितिमा छन् । नियत र नियतीले जति नै निराशा, कुष्ठा तथा वेदना बनाएपनि स्वाभिमानी नेपाली जनताले अव आफ्नो राष्ट्र र राष्ट्रिय भविष्यका निमित्त जागरुक बन्नुपर्ने वास्तविकता अहिलेको कालवेलाले देखाएको छ ।’
त्यसबाहेक पूर्व राजा शाहले गत बर्ष प्रजातन्त्र दिवसका दिन पनि विज्ञप्ती निकालेर सात दल र आफुवीच भएको समझ्दारी लागु गर्न माग गरेका थिए । ०७१ फागन ६ को राती उनले जारी गरेको विज्ञप्तीमा थियो, ‘तत्कालीन राजनीतिक दलहरु र मेरावीच प्रजातन्त्रको मुल्य र मान्यतामा आधारित जे–जति सहमति, समझदारी एव्म व्यवस्थापकीय गतिविधि भएका थिए । तिनको स्मरण र अनुशरण गर्दै त्यसलाई सही रुपमा मुलुकलाई दिगो शान्ति, स्थायीत्व र समृद्धितर्फ अगाडि बढाउन सकेमा नै आजको पुनीत दिवसको सार्थकता रहन्छ ।’
सक्रिय बन्दै पूर्वयुवराज पारस (फोटो फिचर)
लामो समयपछि सार्वजनिक कार्यक्रममा छोरीसँगै देखिए पूर्व युवराज पारस (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण