भक्तपुरमा भूकम्पपीडितलाई घर निर्माण दस्तुरमा छुट
भक्तपुर - भक्तपुर नगरपालिकाले भूकम्पबाट पूर्ण रुपमा घर भत्किएका पीडितलाई नयाँ घर बनाउन नक्सा पासमा लाग्ने शुल्कमा १०० प्रतिशत छुट दिने निर्णय गरेको छ । भूकम्पपीडितलाई राहत दिने उद्देश्यले नगरपालिकाले छुटको व्यवस्था गरेको हो । भूकम्पबाट घर भत्किएको साविक जग्गामा परम्परागतशैलीको भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा लाग्ने सम्पूर्ण दस्तुर छुट दिने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत कमला घिमिरेले जानकारी दिए । भूकम्पबाट पूर्ण रुपमा घर भत्किएको साविक जग्गामा सिमेन्टको जोडाइबाट परम्परागत शैलीको देखिने गरी भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा ७५ प्रतिशत तथा आंशिक क्षति भएको ‘ख’ वर्गको भूकम्पपीडितलाई नक्सा पासमा ५० प्रतिशत मात्र छुट दिने व्यवस्था गरेको छ । यस्तै मध्यपुरथिमि नगरपालिकाले पूर्ण घर क्षति भएका पीडितलाई घर पुनःनिर्माण गर्न नक्सा पास गर्दा दस्तुरमा ७५ प्रतिशत छुट दिने व्यवस्था गरेको छ । नगरपालिकाले नयाँ घर निर्माण गर्दा लाग्ने ढल सेवा शुल्क दस्तुरमा समेत ५० प्रतिशत छुटको व्यवस्था गरेको नगरपालिकाका कार्यकारी अधिकृत भूपेन्द्र सापकोटाले जानकारी दिए । ‘क’ वर्गको भूकम्पपीडितलाई आगामी दुई वर्षको घरजग्गा कर छुट दिने व्यवस्था गरेको छ भने भूकम्पपीडित परिवारका सदस्यका लागि निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा समेत सञ्चालन गरिने सापकोटाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण