अब फर्निचर कारखानामा होइन खेतमा उम्रने छ (फोटोफिचर)
लण्डन – घरमा टेबल कुर्सी आवश्यक पर्यो भने हामी कुनै फर्निचर पसल या उद्योगमा पुगेर खरिद गर्छौं । कामदारहरुले त्यस्ता फर्निचर काठलाई काटेर तयार गरेका हुन्छन् । तर, बेलायतका एक डिजाइनरले भने फर्निचरको खेती नै शुरु गरेका छन् । उनले फर्निचर बनाउने होइन, उमार्ने काम गर्छन् ।
३९ वर्षीय गेभिन मुनरोले नयाँ प्रविधि भित्र्याएका छन् जसको मद्दतले प्रकृतिले नै फर्निचरहरु तयार गर्छ । विशेष तरिकाले तयार गरेको प्लास्टिकको मोल्डमा उनले रुख उर्माछन् जहाँ कसरी रुख उम्रन्छ भन्ने कुरा निर्देशित हुन्छ । त्यहीँबाट रुखहरु फर्निचरको आकारमा उर्मन्छ । अन्त्यमा त्यसलाई फर्निचरको अन्तिम रुपमा दिइन्छ ।
बेलायतको डर्बीसायरमा उनले २.५ एकर जमिन रहेको छ जहाँ उनले यस्ता ४ सयवटा रुख रोपेका छन् । जसबाट उनले टेबल, कुर्सी र ल्याम्पसेडहरु तयार गर्नेछन् ।
सानोमा कुर्सी आकारको रुख देखे पछि उनको दिमागमा व्यवसायिक रुपमा नै फर्निचर उमारेर बेच्ने सोच आएको थियो । यसै वर्ष उनको फर्निचरहरु तयार हुने बताइएको छ । उनको कम्पनी फुल ग्रोनले इन्टरनेट मार्फत यस्ता फर्निचर बेच्ने तयारी गरेको छ । धेरैले मुनरोको यस नविनतम प्रयोगको तारिफ गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण