सत्र हजार मिटर पक्की पुल मर्मतसम्भार गरिँदै
आइतबार, १७ माघ २०७२, १६ : ५४
काठमाडौँ– सडक विभागले चालु आवमा १७ हजार मिटर पक्की पुल मर्मतसम्भारको काम सुरु गर्ने भएको छ ।
सडक सुरक्षालाई ध्यानमा राखी विभागको नियमित मर्मतसम्भार कार्यक्रम अन्तर्गत पक्की पुलमा मर्मतसम्भार गर्न लागिएको पुल महाशाखाका वरिष्ठ डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए । “यसमध्ये आठ हजार पुल मर्मतका लागि ठेकेदार छनोट गरी दुई महिनाभित्रमा काम सुरु गर्न लागिएको छ, नौ हजार पुल मर्मतको ठेकेदार पनि छिट्टै छनोट गरिनेछ, राजमार्ग र सहायक मार्गमा पर्ने पुल यस पटक मर्मत गर्न लागिएको हो” – उनले भने ।
दुई वर्षमा सम्पन्न हुने पुल मर्मतको लागत रु डेढ अर्ब लाग्ने विभागले जनाएको छ । मर्मतका लागि विश्व बैंकले आर्थिक सहयोग गर्नेछ । अन्य पुलमा सामान्य मर्मतको कार्यक्रम रहेको पनि उहाँले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण