आइएमई र ग्लोबल आइएमई बैंकद्वारा राष्ट्रिय फुटबल टिम सम्मानित
आइतबार, १७ माघ २०७२, १७ : २८
काठमाडौं–यही २२ जनवरी २०१६ मा बंगलादेशको राजधानी ढाकास्थित बगबन्धु रंगशालामा आयोजित बगबन्धु गोल्डकपमा जिताउन सफल प्रतिभाशाली नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडी एवं खेल पदाधिकारीहरुलाई प्रोत्साहनस्वरूप आइएमई लिमिटेड एवं ग्लोबल आइएमई बैंक लिमिटेडले संयुक्त रुपमा सम्मान गरेको छ । ललितपुर सातदोबाटोस्थित एन्फा हाउसमा आज एक कार्यक्रम आयोजना गरी जनही २५ हजारसहित सम्मान गरेको हो ।
सम्मान कार्यक्रम आइएमई लिमिटेडका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालको सभापतित्व एवं अखिल नेपाल फुटबल संघका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । प्रतिभाशाली खेलाडीलाई अध्यक्ष ढकाललगायत प्रमुख अतिथी एवं विशिष्ट अतिथीले टीका तथा खादाले सम्मान गरेका थिए ।
अध्यक्ष ढकालले फुटबल खेलको आफ्नो बल्यकाल स्मरण गर्दै पछिल्लो समयमा यो खेलमा रुचि बढ्दै गएको उल्लेख गर्दै खेल क्षेत्रमा आफु र आफु सम्बद्ध कम्पनीले सहयोग गर्दै जाने धारणा व्यक्त गरे । ग्लोबल आइएमई बैंकले कुनै पनि राष्ट्रिय टिमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा तथा निशुल्क एटीएम कार्ड उपलब्ध गराउने घोषणा गरेको छ ।
सम्मान कार्यक्रमलाई आइएमई लिमिटेडका प्रमुख कार्यकारी आइएमई लिमिटेडका कार्यकारी निर्देशक हेम राज ढकाल (रामु), ग्लोबल आइएमई बैंकका निमित्त कार्यकारी अधिकृत जनक शर्मा पौड्याल एवं आइएमईका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्बोधन गर्दै गौरवशाली जीतका लागि प्रतिभाशाली नेपाली खेलाडी एवं खेल पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामाना व्यक्त गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राष्ट्रिय फुटबल टिमका टिम कप्तान विराज महर्जन एवं प्रमुख प्रशिक्षक वाल गोपाल महर्जनले नीजि क्षेत्रको रुपमा आइएमई समुहले खेल क्षेत्रलाई दर्शाएको प्रोत्साहनले थप खेल कौशल प्रदर्शन गर्न आफुलाई प्रेरणा मिलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
-
कोस्टारिकामा सर्वाधिक खोजीमा रहेका लागुऔषध तस्कर ‘एल डियाब्लो’ पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण