चीनले नाका नखोल्दा माथिल्लो डोल्पामा खाद्यान्न संकट
जाजरकोट – सडक सञ्जालले नछोएको डोल्पामा खाद्यान्न ढुवानीमा समस्या भएको छ ।
चीनको केरुङ्ग नाँका खोल्न चीनले स्वीकृती नदिनु र तातोपानी नाका भूकम्पका कारण भत्किएकाले माथेल्लो डोल्पामा खाद्यान्न ढुवानीमा समस्या आएको नेपाल खाद्य संस्थान डोल्पामा प्रमुख हरीप्रसाद जोसीले जानकारी दिए । माथिल्लो डोल्पाको ७ गाविसमा जेठ र असारमा मात्र खाद्यान्न ढुवानी हुन सक्ने जोसीले बताए । सडक सञ्जालले नछोएका कारण यहाँ हेलिकप्टरमार्फत मात्र खाद्यान्न ढुवानी गर्नुपर्ने विकल्प रहेको छ ।
तल्लो डोल्पामा खाद्यान्न ढुवानीका कारण ठेक्का स्वीकृत भइसकेकोले छिटै चामल ढुवानी भई वितरण हुने जिल्ला प्रशाषण कार्यालय डोल्पाले जनाएको छ । दुनैमा खाद्यान्न ढुवानी भई रासन कार्डको आधारमा खाद्यान्न वितरण सुरु गरिएको छ । दलित परिवारका प्रतिव्यक्ति ५ केजी दरले र गैरदलितलाई प्रतिव्यक्ती ४ केजीका दरले वितरण सुरु गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलाल बताए । डोल्पाको जनसंख्या ३६ हजार रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण