आज प्रणय दिवस अथार्त १४ फ्रेबुअरी
आज फागुन २ गते अथार्त भ्यालाईन्टाईन डे । विश्वभर १४ फ्रेबुअरीलाई विशेष दिनको रुपमा मनाईदै आएको छ । युवा जमातमा यो दिन विशेष लभको दिन रुपमा परिचित हुँदै आएको छ । हामीलाई थाहा छ, प्रेम बिना यो दुनियाँमा कुनै प्राणी बाँचेको छैन । प्रेम जनावरमा हुन्छ । गाईले आफ्नो बाच्छालाई प्रेम गर्छ । भँगेराले बचेरालाई चारोँ खुवाउँछ । आमाले बच्चालाई ममता दिनु हुन्छ । भर्खरको युवाले मनपरेकी प्रेमिकालाई माया गर्छ । आफ्ना हर खुशी आफ्नो प्रेमिकासँग साट्ना चाहन्छ । प्रेमिका पनि सेम त्यही गर्छिन् । अथार्त रोमियो जुलियट, लैला मजनु, मुना मदन, राधा कृष्ण, राम सिता यि सबै प्रेम जोडीका अमर उदारहण रहेका छन् । हामी सबैमा प्रेम हुनु अनिवार्य छ । यही प्रेमको तत्वले सबैमा सद्भाव, सहयोग र आत्मियता बाँड्छ । प्रेम व्यक्त गर्ने दिनको रुपमा ह्यापी भ्यालाईन्टाईन डे रहेको सर्वविवित्तै छ । नयाँ पुस्ताका तन्नेरीहरु आजको दिन आफ्नो मनपरेको मान्छेलाई गुलाफको फूल दिएर प्रेम व्यक्त गर्ने अथार्त प्रपोज राख्छन्, खुशी साँट्ने, नयाँ ठाउँमा घुम्न जाने युगल जोडीहरु बसेर प्रेमको संसारमा हराउँने दिनको रुपमा यो दिवसलाई अथार्त ह्यापी भ्यालाईन्टाईन डेलाई लिईन्छ । नेपालबाट बाहिर रहेका प्रवासी नेपालीहरु पनि भ्यालाईन्टाईन डे मनाउँछन् । भ्यालाईन्टाईन डे को अवसर पारेरै मोडेल सारा र विकेश बस्नेतले पनि लन्डनमा डिओपी कुशल श्रेष्ठसँग फोटो सुट गरेका छन् । यो दिन अब पश्चिमी दिन मात्र रहेन यो विस्तारै पूर्वी भाग तिर का युवा जमातमा सर्दै आएको छ । यो दिन गुलाबको फूलको पनि निकै व्यापार हुन्छ । पोखरा, महेन्द्रपुल, चिप्लेढुङ्गाका गिफ्ट पसलहरुमा गुलाफको फूल लिने, गिफ्ट सामान किन्ने पोखरेली युवा युवतीको भीडभाँड भएको ३, ४ दिन अघिबाटै हो । भ्यालाईन्टाईन डेका दिन मन पर्ने व्यक्तिलाई किताब उपहार दिएर, गुलाफको फूल उपहार दिएर, गिफ्टहरु उपहार दिएर, लत्ताकपडा उपहार दिएर, अन्य मनपर्ने सामान उपहार दिएर एक अर्कामा खुशी साटासाट गरिन्छ । ह्यापी भ्यालाईन्टाईन डे भनेकै प्रेम दिवस हो । यो दिवसले हरेक नयाँ जोडिलाई नयाँ बाटो दिन्छ । नयाँ संसार दिन्छ । प्रेमको महासागर दिन्छ । भ्यालाईन्टाईन डे अथार्त प्रेम दिवसमा बिकृतिहरुमा मौलाएको पाइन्छ । अनावश्यक सामानहरु किनेर पैसा फजुल खर्च गर्नु आवश्यक छैन । घर परिवारमा आर्थिक अवस्था कस्तो छ । विचार गर्नु आवश्यक छ । कसैले आफ्नो स्वार्थको लागि पनि यो दिन अर्थात प्रेम दिवसलाई प्रयोग गरेको पाइन्छ । मन पर्ने व्यक्ति लाई चिनेर त्यो केटाले माया गर्छ कि गर्दैन, त्यो केटीले गर्छ कि गर्दै न कस्तो अवस्था छ उसको । उसको कन्डिसन कस्तो छ । आर्थिक अवस्था देखि लिएर सामाजिक अवस्था कस्तो छ । उसको परिवार के कहाँ छ । सबै सोच विचार गरेर मात्र डिसिजन लिनु आवश्यक हुन्छ । पछि सानो गल्तिले ठूलो भूल पनि हुन सक्छ । प्रेम गर्नु पर्छ यो आवश्यक पदार्थ हो । प्रेम गर्नु पर्छ सबैको लागि आवश्यक नै छ । प्रेम बिना न यो संसार चल्न सक्छ न कुनै व्यक्ति । न कुनै पशुपंक्षी सबैमा प्रेम गर्ने जन्मसिद्ध अधिकार छ । फेरि अधिकार पायो भन्दैमा जो पायो त्यसलाई प्रपोज गर्दै हिड्ने, जो पायो त्यसैलाई मनपरी तनाव दिएर दुःख दिनु हुँदैन । भ्यालाईन्टाईन डे अर्थात प्रेम दिवसले सबैलाई सुखद् दिन बाटो दिन सकोस् शुभकामना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण