रातोपाटी समाचार प्रभावः कालिकाको उपचारका लागि जुट्न थाले सहयोगी हातहरु
आइतबार, ०२ फागुन २०७२, १७ : ४०
जाजरकोट–यहाँस्थित अर्छानी गाविस–८ टाँकाचौरकी १२ वर्षीय कालिका शाहीको उपचारका लागी सहयोग हात जुट्न थालेको छ ।
रातोपाटीमार्फत शनिबार ‘ यी बालिका जसको आमा छैनन्, बाबु वेपत्ता छन्, नाक छैन र हात–खुट्टा चल्दैनन्’ शीर्षकमा समाचार प्रकाशित भएपछि उनलाई उपचारका लागी सहयोगी हातहरु जुट्न थालेको हो ।
नवलपरासी ११ गैडाकोट नगरपालीका भेडावारी घर भई नवलपुर अखिल क्रान्तिकारीका उपाध्यक्ष आशिष आचार्यले रु १० हजार रुपैया कालिको उपचारका लागी सहयोग गरेका छन् । उनले जनयूद्धको २१ औ वार्षिकीको उपलक्ष्यमा आफुले सो रकम उपचारका लागी सहयोग गरेको जानकारी दिए ।
आचार्यले सिटिजन्स वैकमा रहेको खाता नं ०३६००००५६१ सि एस मा रकम जम्मा गरेका छन् । त्यस्तै टिचिङ हस्पीटलका डाक्टर ईश्वार लोहनीले उपचारमा सहयोग गर्ने जानकारी गराएका छन् ।
तपाई बालिकासम्म पुग्न चाहनुहुन्छ भने रातोपाटीको काठमाडौंस्थित केन्द्रीय कार्यलयको टेलिफोन नम्वर ५५४७७५० वा जाजरकोटस्थित रातोपाटीका संवाददाता हेमन्त केसीलाईलाई ९८५८०५००२८ सम्पर्क गर्नसक्नुहुनेछ । हामी सहयोगी हात बढाउने सबैको नाम सार्वजानिक गदै जाने छौं ।
यी बालिका जसको आमा छैनन्, बाबु वेपत्ता छन्, नाक छैन र हात–खुट्टा चल्दैनन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण