रिडी–रुद्रवेणी–वामीटक्सार मोटरबाटो स्तरोन्नति माग
गुल्मी– उपप्रधानमन्त्री चित्रबहादुर केसीले अरुले भने झैं संविधान निर्माण नगर्दा देशले लामो समय नाकाबन्दीको मार खेप्नुपरेको बताएका छन् ।
वामीटक्सारमा रहेको महेन्द्र आदर्श उमाविमा आयोजित अन्तक्रियायामा उनले नेपाली जनताको चाहनामा नयाँ संविधान जारी भएसँगै संविधानमाथि पटक पटक आक्रमण भएको बताए ।
सो अवसरमा राष्ट्रिय जनमोर्चा वामीका अध्यक्ष मोहनलाल श्रेष्ठले वागी गाविसलगायत क्षेत्रका जल्दाबल्दा समस्या समाधानका लागि सहयोग गर्न उपप्रधानमन्त्री केसीसमक्ष ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा वामी–बसेरी हुँदै गल्कोट जाने मोटरबाटो स्तरोन्नति, महेन्द्र आदर्श उमाविको भवन निर्माण, स्वास्थ्य सेवाको स्तरोन्नति, परोपकार बहुउद्देश्यीय सहकारी संस्थाको भवन निर्माण, रिडी–रुद्रवेणी–वामीटक्सार मोटरबाटो स्तरोन्नति लगायत समावेश गरिएको छ ।
आजै उपप्रधानमन्त्री केसीले प्राथमिक आँखा उपचार केन्द्र तथा सामुदायिक रेडियो ‘पुष्पाञ्जलि’को अवलोकन तथा निरीक्षणसमेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण