सुरक्षित महिनावारीका लागि एनआरएन क्यानडाको सहयोग
आइतबार, ०२ फागुन २०७२, १७ : १५
काठमाडौं–नेपालमा सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनका लागि एनआरएन क्यानडाले आर्थिक सहयोग गरेको छ । सेवा सञ्चार गुल्मी मार्फत महिलाहरुमा सुरक्षित महिनावारी कार्यक्रम सञ्चालनका लागि एक लाख ६२ हजार रुपैयाँ सहयोग गरेको हो ।
आईतबार कृषि उपभोक्ता डवली काठमाण्डौमा आयोजीत एक कार्यक्रममा एन आर एन क्यानडाका सदस्य माधव गजुरेलले संस्थाका अध्यक्ष गंगा खड्कालाई उक्त रकम हस्तान्तर गरे । मध्य र सुदुर पश्चिमका जिल्लामा सुरक्षित महिनावारी अभियान चलाउनका लागि उक्त सहयोग गरीएको गजुरेलले बताए । ‘काम गर्दै जानुस, रकमको खाँचो हुन, उनले भने ‘रकम अनुसारको काम होस ।’
रकम ग्रहण गर्दै संस्थाकी अध्यक्ष खड्काले विद्यालयहरुमा पुगेर अभिमूखिकरण कार्यक्रम गर्नका लागि र स्यानेटरी प्याड तथा डिस्पोज गर्ने व्यवस्था गरीने कार्यक्रम रहेको बताईन् ।
गुल्मीमा स्थापना भएको उक्त संस्थाले सुरक्षित महिनावारी कार्यक्रम सञ्चालन गर्दै छ । महिनावारी भएको समयमा महिलाहरुलाई नछुने भएको भन्दै अलग्गै राख्ने गरीन्छ । नियमित रजस्वलाको क्रममा महिलाहरुलाई स्थानीय रुपमा छुवाछुतको रुपमा हेर्ने रुढिवादी समस्यालाई परिवर्तन गर्न सेवा सञ्चार भन्ने संस्थाले काम गर्दैआएको छ ।
क्यानडास्थित नेपाली ट्रकर्स एसोसिएसनले खड्कालाई नेपालको स्वास्थ्यदुतको रुपमा घोषणा गरेको प्रमाणपत्र समेत सो अवसरमा हस्तान्तरण गरीएको थियो ।
यस्तै गजुरेलले भूकम्पबाट क्षतिग्रस्त दोलखाको क्षामति उच्च माध्यमिक विद्यालयलाई पनि ४३ हजार ९ सय ५२ रुपैयाँ सहयोग गरे । सहयोग रकम ग्रहण गर्दै विद्यालयका प्रतिनिधी शंकर सिवाकोटीले सहयोग रकम बन्दै गरेको भूकम्प प्रतिरोधात्मक भवनमा खर्च गरीने बताए । उक्त विद्यालयमा ५० लाख रुपैयाँमा भूकम्प प्रतिरोधी भवन बन्दै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण