बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

शैक्षिक सामाग्रीमा विद्यालयको खर्च न्युन

आइतबार, ०२ फागुन २०७२, १७ : ३९
आइतबार, ०२ फागुन २०७२

पोखरा –कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले विद्यालयहरुले अझै पनि शैक्षिक सामग्रीमा वजेट सामान्य छुट्याउने गरेको वताएका छन् ।

पाहार ट्रष्ट नेपालकोे तेश्रो वार्षिक साधारण सभाको आईतवार पोखरामा उद्घाटन गर्दै जिशिअ अधिकारीले सो कुरा वताएका हुन् । विद्यालयको वार्षिक प्रतिवेदनमा पूर्वाधार खर्च नै वढी हुने गरेको. उनले वताए । जिल्ला शिक्षा कार्यालय कास्कीले पनि हाल वार्षिक २५ करोड रुपैयाँ पूर्वाधार निर्माणमा नै खर्च गरेको उनले वताएका छन् । करोडौंको भौतिक पूर्वाधार खर्च गर्ने विद्यालयहरुले रु २ हजारको मात्रै शैक्षिक सामग्री छुट्याउँदा शैक्षिक गुणस्तर खस्किएको भन्दै उनले अवको वजेट सफ्टवयेर तर्फ लगानी हुनु पर्ने वताए । गाउँका कतिपय विद्यालयहरुमा अझै राजनीतिक शक्तिका भरमा आफ्ना मान्छे भर्ति गरेर शिक्षा क्षेत्रलाई नै व्यवस्थापन समितिहरुले अस्त व्यस्त वनाएको उनको भनाई छ । संस्थाका अध्यक्ष चन्द्रवहादुर गुरुङले संस्थाले दाताको सहयोगमा विभिन्न स्थानमा शैक्षिक पूर्वाधारमा खर्च गर्दै आएको वताए । उनले संस्थाको उदेश्य शिक्षावाट वञ्चित वालवालिकाले शिक्षा पाउन भन्ने नै रहेको वताए । सो अवसरमा वोल्दै गसस महासंघ कास्कीका अध्यक्ष गोपाल खड्काले गैससको सामाजिक परीक्षण नहुने र रकम पारदर्शी नभएको गुनासो गरे । जिल्ला विकास समिति कास्कीका सामाजिक विकास अधिकृत अर्जुन न्यौपानेले गैससको पारदर्शि नभएसम्म वास्तविक लगानी र उपलव्धिीको आँकडा एकिन रुपमा आउन कठिन हुने धारणा व्यक्त गरे । कार्यक्रममा संस्थाका उपाध्यक्ष भुवन सिंह गुरुङ, कोषाध्यक्ष धनकुमारी गुरुङ र लेखा अधिकृत शान्ता घले लगायतले आ आफ्ना भनाई राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप