प्रधानमन्त्रीको भारत भ्रमण कुनै सन्धी र सम्झौता गर्न होइनः प्रचण्ड
काठमाडौं–एमाओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र भएको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमण बिग्रेको सम्बन्ध सुधार्न मात्र हो, कुनै सन्धी र सम्झौता गर्न होइन ।’ वर्तमान सरकारमा पनि मन्त्रीहरुले जनताका पक्षमा काम अघि बढाईरहेको उनको भनाई थियो । पार्टी केन्द्रीय कार्यालयमा आइतवार जातीय–क्षेत्रीय मोर्चा समन्वय समितिद्वारा आयोजित प्रदेश स्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवादको मूल कडी वर्ग संघर्ष नै भएको बताए। उनले वर्ग संघर्ष समाजवादको यात्रामा बिर्सन नहुने कुरा भएको समेत बताए । प्रचण्डले भने, ‘समाजवादी व्यवस्था भनेको सामाजिक न्याय सहितको आर्थिक समृद्धि हो ।’ अध्यक्षले सो अवसरमा वैचारिक र सांगठनिक एकताले पार्टी मजबुत हुने बताए । सबै माओवादी एक भए जनता पनि माओवादीप्रति एक हुने उनको धारणा थियो । संविधान बनेपछि पार्टी नेतृत्वले लिएको पहलकदमीबाट देशभर एमाओवादीमा नयाँ रक्त सञ्चार पैदा भएको र अझै माओवादीप्रति जनतामा लहर ल्याउन बाँकी रहेको उनको भनाई थियो । उनले राजनीति भन्दा बाहिर कसैको पनि जीवन नभएको बताउँदै भने, ‘देशभरमा पार्टीमा अहिले एकले अर्कालाई माया गर्न थालेको देखिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण