प्रतिनिधि विवादले अनेरास्ववियुको निर्वाचन प्रक्रिया रोकियो
काठमाडौ – नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको राजधानीको प्रज्ञा भवनमा जारी २२ औ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि विवाद भएपछि निर्वाचन प्रक्रिया अवरुद्व बनेको छ ।
काठमाडौ क्याम्पस जिल्ला कमिटी, केहि जिल्ला, अञ्चल लगायतका कमिटीहरुको १ सय ५० जना हाराहारी प्रतिनिधि विवादमा तानिएपछि निर्वाचन प्रक्रिया अबरुद्धमात्रै बनेको छैन दुई पक्षबीच तिव्र विवाद समेत भएको छ ।
१६ सय प्रतिनिधी सहभागी हुने भनिएपनि दुई गुटले आफू निकट मात्रलाई एकपक्षिय ढंगले प्रतिनिधी बनाएर ल्याएको भन्दै कमिटीहरुका सदस्यहरुबीच नै दोषारोपण भएपछि समस्या भएको अनेरास्ववियुका एक नेताले बताए । केन्द्रिय कमिटिले जारी गरेको सकुर्लर अनुसार कतिपय कमिटीले माइन्युटको फोटोकपी सहित प्रनितिधी चयन गरेको जानकारी गराएपनि विवाद भएको छ । माघ २७ गते उद्घाटन गर्ने तयारी गरिएको भएपनि पूर्व प्रधानमन्त्री एवम नेपाली काग्रेसका सभापति शुसिल कोइरालाको निधनले २८ गते मात्र महाधिवेशन सुरु भएको थियो । २८ गते महाधिवेशन सुरु भएर २९ गते निर्वाचन प्रक्रियाको थालनी गर्ने भनिए पनि दुई गुट र गुट भित्र पलाएको उपगुटको कारणले उम्मेदवार समेत छनोट गर्न दुई समुह नै असक्षम भएका छन् । सोहि कारण अन्य प्रक्रिया हुन नसकेको सहभागी प्रतिनिधीले जानकारी दिएका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नबिना लामालाई र एमालेका अर्का नेता पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले दिपक गौतम समुहलाई सर्मथन गरेका छन् । नबिना लामा र दिपक गौतम समुह भित्रनै महत्वपूर्ण पदमा कसलाई टिकट दिने भन्ने विषयमा सहमति हुन नसक्नु पनि निर्वाचन प्रक्रिया सुरु नहुनुको अर्को कारण भएको स्रोतले बताएको छ । लामा र गौतम समुहको भित्रकै आन्तरीक खिचातानीले केहि पदाधिकारी, सचिवालय सदस्य, केन्द्रिय सदस्य, लेखा,निर्वाचन र अनुसाशन आयोग सदस्यहरुको टुंगो आइतबार साझँ समेत लाग्न सकेको छैन । दुई समुहलेनै पदाधिकारी र आयोगका अध्यक्ष गरि १८ जना उम्मेदवारको तय गरे पनि अन्यको टुंगो लगाउन नसकिएको हो । एमालेका सचिव तथा मोर्चा फाटँ प्रमुख गोकर्ण विष्टलाई बन्द सत्रको अध्यक्ष मण्डलको अध्यक्ष घोषणा गरे पनि भोली पनि निर्वाचन प्रक्रियाको थालनी हुने नहुनेमा अन्यौल रहेको छ । २ दिनेको महाधिवेशन भनेर राजधानी आएका कतियप जिल्लाका प्रतिनिधिको बसाई लम्बिएसँगै समस्यामा परेका छन् । चार महिना अगाडी सम्पन्न अनेरास्ववियुको विधान सम्मेलनले १ सय ४१ केन्द्रिय सदस्य, १ सय ४१ रापस, ४५ जना आयोगका सदस्य बनाउने गरी विधान पारीत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण