बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

जिप दुर्घटनामा आठ घाइते, पाँच गम्भीर

आइतबार, ०२ फागुन २०७२, १८ : ४३
आइतबार, ०२ फागुन २०७२
बागलुङ–जिल्लाको अर्गल गाविसमा आज बिहान जिप दुर्घटना हुँदा आठ यात्रु घाइते भएका छन् । घाइतेमध्ये पाँचको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । शिलेबाट अर्गल गाउँ जाँदै गरेको रा १ ज २५८ नंको जिप अर्गल–८ को पस्तकुल डाँडामा दुर्घटनामा परेको हो । जिप सडकदेखि करिब २०० मिटर तल खसेको इलाका प्रहरी कार्यालय ताराका प्रहरी हवल्दार तेजबहादुर भुजेलले जानकारी दिनुभयो । दुर्घटनामा परी घाइते हुनेमा अर्गल–९ का ३७ वर्षीय हरि रोका, वडा नं–१ का ४० वर्षीय कर्णबहादुर रोका, वडा नं–२ का ५० वर्षीय बलबहादुर रोका, वडा नं–२ कै ३६ वर्षीय प्रेम घर्ती र चालक अर्गल–१ का ३१ वर्षीय निखिल केसीको अवस्था गम्भीर रहेको जनाइएको छ । जिप दुर्घटनामा अर्गलकै वडा नं–१ का ३२ वर्षीय बिरु रोका, वडा नं–२ का ३६ वर्षीय थमन घर्ती र वडा नं–१ का २२ वर्षीय मनु रोका सामान्य घाइते भएको प्रहरीले जनाएको छ । उकालो चढ्ने क्रममा ब्रेक फेल भएपछि जिप अनियन्त्रित भई सडकबाट खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घाइतेको अर्गल स्वास्थ्यचौकीका स्वास्थ्यकर्मी दीपक खड्का र स्थानीय मेडिकल सञ्चालक टोप रोकाले घटनास्थलमै पुगेर सामान्य उपचार गर्नुभएको थियो । गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि धवलागिरी अञ्चल अस्पताल बागलुङमा ल्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप