विश्वकै ठूलो मानवनिर्मित बुद्धआकृति प्रदर्शन
काठमाडौँ– बुद्ध जन्मिएको देशबाट विश्वशान्तिको सन्देश दिन शनिबार टुँडिखेलमा मानवनिर्मित विश्वकै ठूलो बुद्ध आकृति प्रदर्शन गरियो ।
बुद्धभूमिबाट शान्तिको कामना गर्ने उद्देश्यले शनिबार कार्यक्रमको आयोजना गरिएको आयोजक बालबालिकाको स्वास्थ्य, शिक्षा, वातावरण अधिकारका लागि नेपाल ९चियरअप नेपाल० ले पंक्तिबद्व मानव उभ्याएर बुद्धको चित्र निर्माण गरेको हो ।
सो आकृति निर्माणमा १० हजार युवा तथा विद्यार्थीको सहभागिता रहेको थियो । संस्थाका उपाध्यक्ष रिदम कार्कीले विश्वमा विभिन्न कारणले अशान्ति फैलिएको र त्यसको असर बालबालिकाको शिक्षामा परेकाले बुद्धमार्फत विश्वशान्तिको कामना गर्न कार्यक्रम आयोजना गरिएको बताए ।
उनले भने– “नेपाललगायत विश्वका विभिन्न देशमा अशान्तिका कारण बालबालिका र युवामा प्रत्यक्ष असर परिरहेको छ । भोलिको विश्व हाँक्ने कर्णधारको भविष्य कुनै पनि कारण खतरामा पार्नु हुँदैन ।”
साथै, विश्वशान्तिका दूत बुद्धको जन्म नेपालमै भएको हो भन्ने सन्देश पनि कार्यक्रमले दिन खोजेको संस्थाका सदस्य सुरज केसी बताए ।
बालबालिकाका लागि स्वास्थ्य, शिक्षा र उचित वातावरणका लागि पनि संस्थाले कार्य गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण