बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

प्रमको भ्रमणले भारत र नेपालबीच देखापरेको दूरी घटाउँछ : मन्त्री शर्मा

आइतबार, ०२ फागुन २०७२, २० : १६
आइतबार, ०२ फागुन २०७२

दाङ– सामान्य प्रशासन मन्त्री रेखा शर्माले नाकाबन्दी हटेसँगै देशमा सहज वातावरण देखापरेको बताएका छन् ।

मन्त्री शर्माले भभने–“संविधान बनाएको भन्दै नेपाली जनताले नाकाबन्दी खेपे तर त्यो हटेको छ योसँगै जनताको दैनिक जीवन सहज बन्दै आएको छ ।”

नेपाल मगर सङ्घले दाङमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नाकाबन्दीसँग भारत र नेपालबीच देखापरेको दूरी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणले घटाउने समेत दाबी गरे ।

नेपालको संविधान उत्कृष्ट भएको भन्दै कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक रहेको बताउँदै । मन्त्री शर्माले भने–“संविधान बनेको छ, तर कार्यान्वयनका लागि त्यतिकै कानुन बनाउनुपर्छ । त्यसका लागि सबैको सहयोग आवश्यक छ ।”

संविधानले दिएको अधिकारलाई कार्यान्वयनका लागि आन्दोलनभन्दा सहकार्य खाँचो भएको उल्लेख गर्दै उनले नेपालका प्रथम सहिद लखन थापाको दाङको घोराहीमा निर्माण गरेको सालिकको अनावरण गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप