परीक्षा नियन्त्रकबिना नै प्रश्नपत्र छपाइ कार्य जारी
भक्तपुर– तीन साताका लागि जनकशिक्षा सामग्री केन्द्र लिमिटेडमा एसएलसी प्रश्नपत्र छाप्न गोप्यरुपमा बसेका परीक्षा नियन्त्रक खगेन्द्रद्र नेपाललाई मष्तिस्कघात भएपछि प्रश्न छपाइ गर्ने ठाउँ नियन्त्रकविहीन भएको छ ।
गत माघ २५ गतेदेखि प्रश्नपत्र छाप्न जनक शिक्षा सामग्री केन्द्रको सुरक्षित प्रेसमा छिरेका नेपाल गत शुक्रबार बेलुका गोप्य कोठामा अचानक बेहोस भएपछि नर्भिक अस्पताल पु¥याइएको थियो ।
प्रारम्भिक अनुसन्धानबाट चिकित्सकले मष्तिस्कघात भएकाले शल्यक्रियाको तयारी गरेको जानकारी आएको परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक अनुपमचन्द्र श्रेष्ठले जानकारी दिए ।
परीक्षा नियन्त्रक नेपाल बिरामी भए पनि प्रश्नपत्र छपाइ भने कडा सुरक्षा घेराबीच भइरहेको उनले जानकारी दिए । शिक्षा मन्त्रालयले आजै अर्को व्यवस्था गर्न लागेको आफूले जानकारी पाएको उनले जानकारी दिए ।
परीक्षा नियन्त्रकबिना नै प्रश्नपत्र छपाइ कार्य भने भइरहेको र तत्कालै परीक्षा नियन्त्रकको अर्को व्यवस्था गरेर जनक शिक्षाको प्रश्नपत्र छपाइ भइरहेको गोप्य क्षेत्रमा पठाउनु पर्ने जनक शिक्षाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
-
आँखाको बदलामा आँखा लिने तेहरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण