बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

दुई सयको लागि १२ वर्षदेखि फरार

सोमबार, ०३ फागुन २०७२, १९ : ५९
सोमबार, ०३ फागुन २०७२

सिरहा– चोरी तथा अन्य मुद्दामा १९ दिन कैद तथा एक सय ९५ रुपैैैैयाँ १९ पैसा सजाय पाएका फरार एकजनालाई प्रहरीले १२ वर्षपछि नियन्त्रणमा लिएको छ । जिल्ला अदालत सिरहाको २०४९ चैत्र २३ गतेको फैसला अनुसार चोरी अन्य मुद्दामा १९ दिन कैद तथा एक सय ९६ रुपैयाँ १९ पैसा जरिवाना सजाय भई फरार रहेका गोलबजार नपा–६ वस्ने ४६ वर्षिय हरी सदा मुसहर लाई आफ्नै घरमा वसी रहेको अवस्थामा गोलबजार प्रहरीले आज विहान पक्राउ गरेको हो । पक्राउ परेका सदायलाई आवश्यक कारवाहीको लागी सिरहा जिल्ला अदालतमा बुझाइएको इलाका प्रमुख प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप