बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

गाँजा र चरेससहित तीन दुव्र्यसनी पक्राउ

मङ्गलबार, ०४ फागुन २०७२, १० : ०४
मङ्गलबार, ०४ फागुन २०७२

बर्दिवास -लागुपदार्थको दुव्र्यशन बढिरहेको जनगुनासो आइरहेकै बेला महोत्तरी जिल्लाको बर्दिवासमा प्रहरीले तीनजना दुव्र्यशनीलाई पक्राउ गरेको छ ।

बर्दिवास–२ हटियास्थित पशुसेवा केन्द्रको पुरानो भवनबाट सोमबार तीनजना दुव्र्यसनीलाई हरियो पत्ता गाँजा र चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, बर्दिवासले जनाएको हो ।

खासगरी घाम डुब्ने बेलाको गोधुली साँझपख हटियास्थित पशुसेवा केन्द्र र राष्ट्रिय प्राथमिक विद्यालयमा दुव्र्यसनीहरुको जमघट बढेको सो बस्तीका सर्वसाधारणबाट गुनासो बढेपछि सोमबार साँझ गरिएको छापामारीमा तीनजना दुव्र्यसनी पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरु बर्दिवास–२ का बासिन्दा राजु गुर्मछाने, हेमबहादुर घिसिङ र तेजबहादुर बलम्पाकी रहेका इप्रका बर्दिवासका प्रहरी निरीक्षक जीवन गिरीले बताए । पक्राउ पर्ने तीनैजना क्रमशः २०, २१ र २२ वर्ष उमेरका रहेका प्रहरीले जनाएको छ । उनीहरुका साथबाट एक किलो हरियो पत्ती गाँजा र केही मात्रामा तयार चरेस बरामद गरिएको छ ।

बर्दिवास नगर क्षेत्रका कामेश्वर महादेव परिसर, बुद्धचोक, हटियास्थित पशुसेवा केन्द्र र प्राथमिक विद्यालय परिसरमा दैनिकजसो नै दुव्र्यशनीको जमघट हुने गरेको नगरवासी बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप