बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

उपेन्द्र यादवविरुद्ध हङकङमा नाराबाजी

मङ्गलबार, ०४ फागुन २०७२, १० : २४
मङ्गलबार, ०४ फागुन २०७२

हङकङ – एक कार्यक्रममा सहभागी हुन हङकङ पुगेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवविरुद्ध यहाँ नाराबाजी भएको छ । नेपालका प्रथम शहीद लखन थापा मगरको १३८औ स्मृति दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ हङकङले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा यादव हङकङ पुगेका थिए ।

मधेस आन्दोलन र नाकाबन्दीपछि चर्चा र विवादमा मुछिएका उपेन्द्र यादवको विरोधमा हङकङमा आइतबार चर्को नाराबाजी भयो।

यादवको विरोधमा नेपाली काँग्रेस, नेकपा एमालेका समर्थकहरुले विभिन्न प्लेकार्डहरु बोकेर चर्को नाराबाजी गरेका हुन्। नाराबाजी गर्नेहरुमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसमेत सहभागी थिए।

उनीहरुले देश बिगार्न पाइदैन, नाकाबन्दी मुर्दाबाद जस्ता नारा लगाएर यादवको विरोध गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप