बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

राज्य पुग्न नसकेको भूकम्पीडितसम्म पुग्यो थकाली समाज

मङ्गलबार, ०४ फागुन २०७२, ११ : १९
मङ्गलबार, ०४ फागुन २०७२

काठमाडौं–गएको बैशाख १२ को महाभूकम्प र त्यसपछिका पराकम्पपछि धेरै टोली राहत लिएर गाउँ गाउँ पुगेर राहत बाँडिरहेको समाचार सञ्चारमाध्यममा देखाईयो तर अरनीको राजमार्गबाट जम्मा डेढ किलोमिटर टाढाको कदमबास ५ कोदारी गाउँमा कोही पसेनन् । ठूला भनिएका राहत वितरणकर्ताबाट वास्ता नगरीएपनि देशभरीमा जम्मा १० हजार जनसंख्या भएर पनि सामाजिक सेवामा क्रियाशिल थकाली सेवा समाजले भने सहयोगका लागि त्यही गाउँ रोज्यो । उक्त गाउँमा राहत स्वरुप खाद्यान्न, लत्ता कपडा र अन्य सामान पुर्यायो । ‘भूकम्प पछि धेरैले राहातको नाममा कमाई खाने धन्दा पनि भयो’ कोदारीको सिँहदेवि प्राविका प्रधानाध्यापक हरीचन्द्र खड्का भन्छन् ‘तर हाम्रो गाउँमा कसैले नहेरेपछि थकाली सेवा समितिभने भगवान आएजस्तै भयो ।’ थकालीहरु आफैपनि अल्पसंख्यक जनजाती हुन् । नेपालमा शेरचन, भट्टचन, तुलाचन र गौचन गरी चारचन थकालीहरुको जनसंख्या जम्मा १० हजार ४ सय १६ जनामात्रै रहेको भएपनि भुकम्पपिडीतका लागि ठूलो योगदान गरेको दावी थकाली सेवा समिति नेपालका निवर्तमान अध्यक्ष खगेन्द्र भट्टचनले बताए । ‘हाम्रा सदस्यहरुले विभीन्न देशका टे«न स्टेशनमा नेपाली झण्डा बोकेर बक्स थापेर उठाएको रकम हो’, उनले भने, ‘यो पिडीतका लागि पु¥यायो भने धर्म पनि हुन्छ भनेर मेहनेत ग¥यौँ ।’ समाजले अहिले १२ लाख ७१ हजार ७ सय ८५ रुपैयाँमा भूकम्प प्रतिरोधी विद्यालय समेत बनाईदिएको छ । समाजको यो कामबाट कोदारी गाउँबासीका लागि बरदान सावित भयो । ‘सरकारको राहत ठूलाबडालाई मात्र पुग्यो, भन्छन्, सरकारको आश गरेर बसेको सबै विद्यालय बाँसको चिम र टिनको छाप्रोमा छन् ’ खड्का भन्छन् ‘तर हामीले भुकम्पप्रतिरोधी विद्यालय भवन पाईसक्यौँ, यो थकालीको बरदान हो ।’ राज्यले ध्यान दिन नसकेको कोदारी गाउँमा मात्र होईन भूकम्पका कारण घरबार बिहीन भएर विचल्लीमा परेका धेरै गाउँहरु थकालीको सहयोगका कारण राहतको महसुस गरेका छन् । थकाली सेवा समितिअन्तर्गतका देश र विदेशमा गरी विभीन्न १९ वटा समितिहरुले आफूसक्दो आर्थिक संकलन गरेर ३२ लाख बढीको सहयोग पिडीतका घर घरमा पु¥याएका हुन् । समाजको जापानमा रहेको शाखाले मात्रै १९ लाख ६२ हजार रुपैयाँ संकलन गरेर विभीन्न ठाउँमा राहत पु¥याएको थकाली सेवा समिति नेपाल जापान सम्पर्क समितिका कार्यबाहक अध्यक्ष सुवर्ण गौचनले बताईन् । एनपिओ होजिन थकालि सेवा समिति जापानबाट मात्रै सिन्धुपाल्चोकको सेलाङ्ग १ र ८ मा ३ लाख, कमबास ५ कोदारीमा २ लाख, काठमाण्डौमा ५० हजार, गोरखाको सौरपानी र टुक्राडमा १ लाख ४१ हजार र कदमबासको विद्यालयलाई १२ लाख ७१ हजार ७ सय ८५ रुपैया बराबरको राहत उपलब्ध गराईएको उनको भनाई छ ।

त्यसबाहेक नेपालका विभिन्न जिल्लामा प्रायः होटल व्यवसाय गरेर बसेका थकालीहरुबाट पनि सक्दो चन्दा उठाएर भूकम्पपीडितकहाँ पुर्याईएको उनले बताए । पोखराको समितिले ६ लाख उठाएर गोरखामा जस्तापाता, बुटवलले ३ लाख उठाएर धादिङ्गमा खाद्यान्न र लत्ता कपडा, नेपालगञ्जबाट ४० हजार प्रधानमन्त्री राहतकोषमा, काठमाण्डौबाट ४ लाख विभीन्न जिल्लामा खाद्यान्न, त्रीपाल किनेर पु¥याईएको उनले बताए । थकालीहरुको अष्टे«लियामा रहेको समितिले पनि चार देखि पाँच लाख रुपैयाँ संकलन गरेकोले निकट भविष्यमै नेपालमा ल्याएर सहयोग गरीने समितिकी केन्द्रिय अध्यक्ष कृष्ण कुमारी शेरचनले बताईन् । उनले सिँहदेवि प्राविमा गएको माघ २९ गते भवन हस्तान्तरणको क्रममा भवन बनेको भएपनि अन्य पूर्वाधारको अवस्था दयानिय भएकोले सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप