बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सामाजिक समितिको बैठकमा कोइरालाप्रति शोक प्रस्ताव

मङ्गलबार, ०४ फागुन २०७२, ११ : ३९
मङ्गलबार, ०४ फागुन २०७२
काठमाडौँ– व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले समितिका सदस्य एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सभापति सुशील श्रेष्ठको अध्यक्षतामा बसेको समितिको आजको बैठकले कोइरालाको असामयिक दुःखदमा निधन शोक प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विसं २०४८ र २०५६ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य, २०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट निर्वाचित सदस्य र व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्ष दलका नेता कोइरालाको गत माघ २६ गते बिहान १२ः५० निधन भएको थियो । नेपालको संविधान निर्माण गर्ने अभियानमा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइराला नेपाली राजनीतिमा सादा जीवन र स्वच्छ छवि कायम राख्ने नेताका रुपमा परिचित थिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप