संसदमा प्रम ओलीले भने, ‘दुई देशबीचको असमझदारी हटाउन भारत जान लागेको हुँ’
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आफूले फागुन ७ गतेदेखि भारतको राजकीय भ्रमण गर्न लागेको बताएका छन् । व्यवस्थापिका संसदमा मंगलबार सम्बोधन गर्दै उनले दुई देशबीचको असमझदारी हटाउन भ्रमण फलदायी हुने विस्वास व्यक्त गरे । उनले भने, ‘ भारतीय प्रधानमन्त्रीको निमन्त्रणमा आगामी ७ गते राजकीय भ्रमणमा जाँदैछु । नेपाल भारतबीचको असझदारी हटाउन मेरो भारत भ्रमण हुँदैछ ।’ सो क्रममा उनले दिनभर प्रजातन्त्र दिवस मनाएर साँझ भारत जाने भन्दै १२ गते स्वदेश फर्किने जानकारी दिए। नेपाल भारतबीच पुरानो सम्बन्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसभित्र रहेका केहि विषयहरु भने समय परिस्थितिअनुसार सच्याउन जरुरी रहेको बताए । यद्यपी पछिल्ला दिनमा दुईदेश बीचको सम्बन्धमा केहि उतारचढाब आएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतसँग नेपालले नयाँ ढंगले मित्रता गाँस्न चाहेको बताए । प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गम्भीर विषयमा सम्झौता नगर्ने जानकारी दिँदै समग्र देशको विकासका लागि धनीभूत छलफल हुने बताए । उनले भने, ‘बैदेशिक लगानीकाबारेमा बिभिन्न सेक्टरमा कुरा हुन्छ ।देशमा आर्थिक उन्नती कसरी गर्ने बारेमा कुरा हुन्छ । देशका समग्रमा बिकास कसरी गर्ने लगानीकर्तासँग कुरा गर्नेछौ ।’
देशमा भएका परिवर्तनहरु नेपालीहरुको संघर्षबाटै प्राप्त भएको भन्दै उनले संविधान निर्माण पनि नेपालीकै चाहना अनुसार भएको भएपनि त्यसबीचमा भारतसँग केहि असमझारी पैदा हुन पुगेको सो क्रममा राखे । यस्तै उनले बैशाख १२ गते भुकम्पल देश तहस नहस भएको सन्दर्भ उल्लेख गर्दै अहिले पुर्ननिर्माणको काम थालनी भएको र विस्तारै अवस्था सामान्य बन्दै जाने बताए । उनले भुकम्पपछि अन्तराष्ट्रिय समुदायले गरेको सहयोगको सरहाना गर्दै त्यो क्रम निरन्तर रहने आशा समेत ब्यक्त गरे ।
संसदलाई सम्बोधन गर्दै ओलीले सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडीलाई बधाई समेत दिएका थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण