बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

चिज बिक्री घटेपछि गाईपालक कृषकलाई लाखौँको नोक्सानी

मङ्गलबार, ०४ फागुन २०७२, १४ : १७
मङ्गलबार, ०४ फागुन २०७२

म्याग्दी -जिल्लाको घार र शिखका गाईपालक कृषकलाई चिज बिक्री घटेपछि लाखौंको नोक्सानी भएको छ ।

भूकम्प र नाकाबन्दीका कारण पर्यटक आगमन घटेपछि घार र शिखको पाउद्वारमा उत्पादित चिज बिक्री नहुँदा कृषक मारमा परेका हुन् । म्याग्दी, मुस्ताङ र कास्कीका होटलमा पर्यटक आगमन घटेसँगै चिजको खपत घटेको छ ।

प्रोट्रिन तत्व पाइने चिज पर्यटकले रुचाउने परिकार हो । पर्यटक आगमन र चिज बिक्री घटेपछि कृषकलाई लाखौँ नोक्सानी हुनुका साथै उद्योग सङ्कटमा परेका घार गाविस– ५ स्थित हिमालयन चिज उत्पादन सहकारी संस्थाका सचिव श्याम खड्काले बताए ।

विसं २०७१ मा रु २३ लाख बराबरको चिज बिक्री गरेको उद्योगमा यस वर्षको दश महिनाको अवधिमा रु १० लाखको चिज मात्र बिक्री भएको छ । करिब रु तीन लाख बराबरको चिज समयमै बिक्री गर्न नसक्दा कुहिएर नष्ट भएको छ ।

शिखको पाउद्वारस्थित खयरबाराही चिज उद्योगले समेत बिक्री घटेपछि उत्पादन घटाएको छ । उत्पादन घटाउँदा त्यसको प्रत्यक्ष असर कृषकको आम्दानीमा परेको छ । उनीहरुले उत्पादन गरेको दूध बिक्री नहुँदा नोक्सानी भएको हो । पहिले दैनिक ३०० लिटर दूध खपत गर्ने गरेको हिमालयन चिज उद्योगले हाल १०० लिटर मात्र खपत भएको जनाएको छ ।

घारका ३० जना बढी कृषकले दैनि उत्पादन गरेको दुई सय लिटर दूध बिक्री हुन सकेको छैन् । लाखौँ लगानी गरेर गाईपालन गरेका कृषक दूध बिक्री नहुँदा मारमा परेका घार– ५ का कृषक नारायण बरुवालको भनाइ छ । “कृषकले ऋण तिर्न गाई बेच्न थालेका छन्” उनले भने । कृषकलाई अहिले घाँस, दाना, पानीको खर्च जुटाउन धौधौ भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप