सिद्धार्थ डेभलपमेण्ट बैंक तथा नेपाल क्लियरिङ हाउसबीच अन्तर बैंकिङ विद्युत्तीय भुक्तानी सम्झौता
काठमाडौं–सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच अन्तर बैंकिङ्ग विद्युतीय भुक्तानी प्रणाली एसीएचएल–आईपीएस् सेवाको सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र तथा क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले संयुक्त रुपमा हस्ताक्षर गरे ।
सम्झौता पश्चात एसीएचएल–आईपीएस् प्रणाली मार्पmत बैंकले एसीएचएलसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्णतया स्वचालित रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोबार अन्तराष्ट्रिय स्तरको प्रविधिमा आधारित भई पारदर्शी, सुरक्षित छिटो÷छरितो तथा सहज रुपमा गर्न सकिनेछ ।
बुटवल स्थित एकता विकास बैंक तथा काठमाण्डौंको नेपाल आवास फाईनान्स लिं संग मर्जर प्रकृयाको अन्तिम चरणमा रहेको सिद्धार्थ डेभलपमेण्ट बैंकले यसअघि नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले संचालन गदैं आएको एसीएचएल–ईसीसी सेवा मार्फत आफ्ना गाह्रकहरुलाई अन्तर बैंक चेक राफसाफको सुविधा प्रदान गर्दै आइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण