जापानमा आकर्षक जागिर लगाइदिन्छु भन्दै लाखौं ठग्ने कन्सलटेन्सीका संचालक पक्राउ
काठमाडौं – जापानमा आकर्षक रोजगारीको व्यवस्था मिलाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने म्यानपावरका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा खरिबोटका सोमराज घले रहेका छन् । ३७ वर्षीय घले गोंगबुस्थित आरडिसी एजुकेसन कन्सलटेन्सी प्रा.लिका सञ्चालक रहेका छन् । घलेले गोरखाको हंसपुर गाविसका गणेश अधिकारीलाई जापानमा वर्किङ्ग भिषामा चाउचाउ कारखानामा आर्कषक तलवमा काममा लगाई दिने प्रलोभन देखाई रु ११ लाख ५० हजार लिई जापान पठाएका थिए । तर, जापान गई सकेपछि उनले काम पाउनुको सट्टा करिव १ महिना त्यहाँको जेलमा बस्नुपरेको थियो । उनी आफ्नै खर्चमा नेपाल फिर्ता आउनुपरेको थियो । अधिकारीले दिएको प्रहरीको अपराध महाशाखामा दिएको उजुरीको आधारमा प्रहरी टोलीले सोमबार गते काठमाडौंको गोंगबुबाट घलेलाई पक्राउ गरेको थियो । उनलाई आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको प्रहरीले जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण