बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

काभ्रेमा अन्तराष्ट्रिय लोक सांस्कृतिक मेला हुने

मङ्गलबार, ०४ फागुन २०७२, १६ : ३३
मङ्गलबार, ०४ फागुन २०७२
काभ्रे–काभ्रेमा पनि अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला हुने भएको छ । फागुन १९ गते काठमाण्डौंबाट सुरु हुने मेला घुम्ती मेलाको शैलीमा ललितपुर,पाल्पा,नुवाकोट हुदै काभ्रेको बनेपास्थीत बसपार्कमा २२ गते हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो । मेलामा प्रस्तुत गर्ने झाँकी,बाजागाजा तथा नृत्य छनौट प्रक्रिया तत्काल सुरु गर्ने र त्यसका लागि मिडियाबाट आह्वान गर्ने तयारी भईरहेको पनि जानकारी गराइएको छ । मेलामा काभ्रेलाई चिनाउने झाँकी तथा लोक नृत्यहरु प्रश्तुत गरिने स्थानिय आयोजक काभ्रेली कलाकार समाजका अध्यक्ष मोहन तौजलेले जानकारी दिए । मेला अन्तर्गत आफ्नै स्थानिय भेषभुषामा सजिएर बनेपा नगर परिक्रमा गर्ने, स्थानिय संघसंस्थाले आ आफ्नो समुदायको परम्परा अनुसार स्वागत सत्कार गर्ने जस्ता कार्यक्रम पनि रहेको उनले बताए । उनका अनुसार मेलामा विभिन्न ८ वटा देशको प्रतिनिधित्व गर्ने २ सय ५० जना कलाकारहरु सहभागि हुनेछन् । मेलामा नेपालको अलावा भारतको २ ,श्रीलंकाको ३,बंगलादेशको ३,मेक्सीकोको ३,इण्डोनेसियाको ३ टोलीले आआफ्नो देशलाई चिनाउने लोक नृत्यहरु प्रश्तुत गर्ने तय भईसकेको उनले जानकारी दिए । “फागुन १९ देखी २८ गतेसम्म हुने मेला अन्तर्गत काभ्रेमा आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले यो कार्यक्रम गर्न लागेका हौं ।” समाजका अध्यक्ष तौजलेले भने–‘‘नेपालको साँस्कृतिक पाटोलाई पर्यटनसंग जोड्न यो कार्यक्रमले सघाउने छ ।’’ एभरेष्ट नेपाल कल्चर ग्रुपको मुख्य आयोजनामा हुने यो कार्यक्रम अन्तराष्ट्रिय रुपमा काभ्रेमा भएका साँस्कृतिक क्षेत्रका कुराहरु पुर्याउन प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे । मेलामा भौगोलिक दृष्टिले विकट मानिएको जिल्लाको कोशीपारी,डाँडापारी जस्ता क्षेत्रमा रहेका तामाङ,मगर जस्ता विभिन्न समुदायको सााँस्कृतिक चिनारीलाई पनि समावेश गर्न हरसम्भाव प्रयास गर्ने प्रतिवद्धता उनले जनाए । बैशाख १२ को भुकम्पपछि केहि क्षति पुगेका साँस्कृतिक धरोहरप्रति पर्यटकको दृष्टिकोण बदल्न पनि यस्तो कार्यmक्रम आवश्यक रहेको उनको तर्क छ । उनले थपे–‘‘नेपालको संकृतिप्रति लोभिएर आउने पर्यटकका लागि नेपाल सुरक्षित रहेको सन्देश जानेछ ।’’ विदेशी कलाकारहरुसंगको भेटघाटले अन्तरदेशीय सांस्कृतिक आदानप्रदान हुन गई सिंगो नेपालले पहिचान विश्वमाझ फैलिने तौजलेको दावी छ । वरिष्ठ समाजसेवी रघुबर चौप्रधानले काभ्रेली कलाकार समाजले गाउँ गाउँसम्म आफ्नो पहुँच विस्तार गर्नुपर्ने बताउदै विकट क्षेत्रका समुदायका दुर्लभ कलासंस्कृति पनि यो मेलामा नछुटाउन सुझाव दिए । बरिष्ठ कलाकार सुरेन्द्र श्रेष्ठले छोटो समयभित्र मेलाको तयारी सम्पन्न गर्नुपर्ने भएकोले मेलामा स्थानियमाझ छिटोभन्दा छिटो पुग्ने सञ्चार क्षेत्र जस्ता माध्यम पत्ता लगाई अगाडी बढ्नुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा सहभागि सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष लक्ष्मी श्रेष्ठ,गायिका सोनि लामा, गायक दिनेश लामा लगायतले काभ्रेमा पनि अन्तराष्ट्रिय लोक साँस्कृतिक मेला आयोजना गर्न लागेकोमा खुसी व्यक्त गरे । सहभागिहरुले मेला सफल बनाउन आआफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप