बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

खुर्पा खतरनाक रहेको बन्दै सेन्सर बोर्डले दियो पिजी सर्टिफिकेट

मङ्गलबार, ०४ फागुन २०७२, १६ : ३७
मङ्गलबार, ०४ फागुन २०७२
काठमाडौं – माता पाथिभरा फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको फिल्म खुर्पाले मंगलवार पिजी सर्टिफिकेट पाएको छ । अब चलचित्र हेर्दा बालबालिकाले अभिभावकको साथमा रहि चलचित्र हेर्नुपर्नेछ । खुर्पाको कलात्मक खतरनाक प्रस्तुती रहेको भन्दै चलचित्र जाँचपाँस समितीले चलचित्र खुर्पालाई पिजी सर्टिफिकेट दिएको जनाएको छ । आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्ममा हस्त लिवाङ्गको लगानी र किशोर सुब्बाको कथा, लेखन तथा निर्देशन छ । विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सह निर्माता रहेको फिल्ममा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ । चलचित्र खुर्पामा नारी र खुर्पा बिचको सम्बन्ध देखाईएको छ । नायक सविन श्रेष्ठको अब्बल एक्शन चलचित्रमा प्रस्तुत गरिएको छ । सेन्सरमा चलचित्र हेर्दै चलचित्रमा नायिका पुष्पा लिम्बु र नायक सविन श्रेष्ठको एक्शन खुलेरै प्रशंशा गरे । सेन्सर सदस्यहरु प्रकाश सुवेदी, सन्दिप सापकोटा र मेलिना मानन्धरले नायिका पुष्पा लिम्बुको एक्शन निकै राम्रो भएको र चलचित्रको कथा अनुसार खुर्पाको सहि सदुपयोग गरेको बताइएका छन् । फिल्मका निर्देशक सुब्बाले गाउँ घरमा अझै पनि महिलाहरुले आफ्नो आत्मरक्षाका लागि खुर्पा बोक्ने प्रचलन रहेकाले त्यसैलाई कथात्मक रुपमा फिल्ममा प्रस्तुत गरेको बताए । फिल्मले नारी सशक्तिकरणलाई उजागर गर्न सक्षम भएको छ, सदस्य मेलिना मानन्धरले बताईन् । खुर्पा पूर्ण रुपमा एक्सन फ्लेवरको फिल्म हो । फिल्ममा निरज कुमारको गीत तथा संगीत, समीर मियााको सम्पादन, शंकर महर्जनको एक्सन, गोविन्द राइको नृत्य रहेको फिल्ममा कुमार बखतीको छायांकन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप