बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

नवयुगको जादु नचल्दा आर्मीलाई हराउँदै सशस्त्र सेमिफाइनलमा

सोमबार, १० फागुन २०७२, १८ : ४७
सोमबार, १० फागुन २०७२

विराटनगर - चिर प्रतिद्वन्द्वी टिम त्रिभूवन आर्मी क्लबलाई हराउँदै सशस्त्र प्रहरी बल विराट गोल्ड कपको समिफाइनलमा प्रवेश गरेको छ । विराटनगरको सहिद मैदानमा आज भएको क्वाटर फाइनलमा त्रिभूवन आर्मी क्लब काठमाण्डौलाई ०–१ गोलको अन्तरले पराजित गर्दै सशस्त्र प्रहरी सेमिफाइनलमा प्रवेश गरेको हो । निकै रोमाञ्चक भएको खेलको निर्धारीत समयसम्म दुवै टिमले गोल गर्न सकेका थिएन । दुवै टिम आक्रमक रुपमा प्रस्तुत भएको थियो । निर्धारीत समयसम्म गोल नभएपछि थप गरीएको अतिरिक्त समयको ९९ औं मिनेटामा सशस्त्रका कप्तान गणेश लावतीले डिबक्स भित्रबाट हेडिङ गरी चाली चुमाए । कप्तान लावतीले गरेको गोलनै टिमको लागि निर्णाय बन्यो । राष्ट्रिय टिमले भरीभराउ रहेको आर्मीका नवयुग श्रेष्ठ, भरत खवास, टंक बस्नेतले पाएको बारम्बार गोल गर्ने अवसर खेर फालेका थिए । आर्मीका भरत खवासले खेलको अनत्यमा वान भर्सेस वानको प्रहार पोस माथि हाने । सशस्त्रका खेलाडीले समेत गोल गर्ने अवसर चुकाएका थिए । प्रतियोगिताको म्यान अफ द म्याच सशस्त्रका कप्तान गणेश लावती घोषित भए । प्रतियोगिताको भोलीको खेल नेपाल प्रहरी र लक्ष्मी हुन्डाई मनाङ मस्यार्दी क्लब काठमाण्डौसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप