बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बन अतिक्रमण गरेर बनाइएका टहरा हटाउ अभियान सुरु

सोमबार, १० फागुन २०७२, १९ : २२
सोमबार, १० फागुन २०७२

जाजरकोट - जिल्लाको खलंगा ईलाका वन कार्यालयले सोमबार देखि टहरा हटाउ अभियानको सुरु गरेको छ । सार्वजनिक तथा वन क्षेत्र अतिक्रमण गरि निर्माण गरिएका टहरा हटाउनलाई इलाका वन कार्यालयले अभियान सुरु गरेको हो । अभियानको पहिलो दिन खिरखिरे सामुदायिक वन उभोक्ता समितिको क्षेत्र भित्र पर्ने नयाँ वस्तिको दक्षिणमा रहेका चार वटा टहरा भत्काएको ईलाका वन कार्यालयका वन अधिकृत राजेन्द्र प्रशाद शाहले वताए । सार्वजनिक वन अतिक्रमण गरि निर्माण गरिएको घर टहराहरु वन ऐन अनुसार नै भत्काईएको शाहले जानकारी दिए । अधिकृत शाहले टहरा भत्काउनु पहिले वेला–वेलामा आफुले सुझाव दिदै आएको वताए । कतिपयलाई जिल्ला वनकार्यालयमा लिएर आगामी दिनमा घर तथा टहरा निर्माण नगर्ने कागज गराई छोडेको पनि शाहको भनाई छ । वन अधिकृत राजेन्द्र प्रशाद शाहको नेतृत्वमा गएको जिल्ला वन कार्यालय र जिल्ला प्रहरी कार्यालयवाट गएको संयुक्त टोलीले रामीडाँडा ६ सिल्पाचौरका धन बहादुरर घर्ती, कार्कीगाउँ ३ कि भुमिका रोकाय, डाडाँगाउँ ६ टट्टा कि सुशिला विक र युद्धवीर सिंहको टहरा भत्काईएको ईलाका वन कार्यालयले जनाएको छ । वन कार्यालयलाई स्थानिय प्रशासन, स्थानिय राजनैतिक पार्टी तथा आम सरोकारवाला निकायले साथ दिदै गएमा यो अभियानलाई निरन्तर जारी राख्ने जिल्ला वन कार्यालयले जनाउदै आएको छ । वन कार्यालयले आफु बसिरहेको टहरा भत्काएर निकै ठुला अन्याय गरेको सुशिला विकको भनाई छ । गत साउन २० गते आफ्नो लोग्ने आसे नेपालीसँग सम्वन्ध विच्छेद गरेर दुई सानी छोरीहरुको साथमा यसै टहरामा बसिरहेकी थिइन् । ‘आजदेखि कोसँग वास माग्दै जानु पर्ने हो आफुलाई थाहा छैन्,’ सुशिलाले भनिन् । त्यसैगरि वन कार्यालयले टहरा भत्काई दिएर आफुले पाल्दै आएका कुखुराहरु विचल्लीमा परेको भुमिका रोकायको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप