लोडसेडिङ्का कारण ओम अस्पतालको अत्यावश्यकीय सेवा बन्द
काठमाडौं –नेपाल विद्युत प्राधिकरणले स्वास्थ्य शिक्षा जस्ता अत्यावश्यकीय संस्थाहरुमा पहिलोपटक तालिका सहित लोडसेडिङ गर्ने सुचना प्रकाशित गरेर लाइन काट्न थालेपछि अस्पतालहरुको अत्यावश्यकीय सेवा प्रभावित हुने भएका छन् । अस्पतालमा हुदै आएको विद्युतको नियमित आपुर्ती सुचना प्रकाशित गरेरै कटौति गरेपछि यसको सिधा असर अस्पताल र अस्पतालले दिने अत्यवश्यकीय सेवामा परेको छ । नेपाल विद्युत प्राधिकरणले गरेको अनपेक्षित निर्णयले अस्पतालले दिदै आएको सेवाहरु प्रभावित हुने भएको र विद्युतको विकल्पमा अन्य कुनै स्रोत बाट सेवा संचालन गर्न असम्भव भएपछि अस्पतालहरुले सेवानै बन्दगर्नुपर्ने बाध्यता रहेको बताएका छन् । मंगलबार साँझ ओम अस्पतालमा आकस्मीक बैठक बसि उनीहरुले अत्यावश्यकीय सेवा बन्द गर्नुको अर्को विकल्प नरहेको निष्कर्ष निकालेका छन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा दिलाउदै आएको विद्युत कटौतिले अस्पतालमा नभइ समग्र विरामीहरुमा समस्या देखिने उनीहको भनाइ छ । ओम अस्पतालका अध्यक्ष डाक्टर भोला रिजालले अस्पतालको अत्यावश्यकीय सेवा संचालन गर्नका लागि विद्युत अनिवार्य सर्त रहेको भन्दै, जसरी रक्त्त संचार प्रणालीमा अवरोध हुन गए मानीस जिवित रहन सक्दैन त्यसै गरि अस्पतालहरुमा विद्युत आपुर्ती प्रणालीमा अवरोध भए अस्पतालका अत्यावश्यकीय सेवाहरु निष्क्रिय हुने बताए । उनले क्रमीक रुपमा विरामी कटौति गर्दै जानु पर्ने अवस्था आएको पनि बताए । डाक्टर रिजालले अप्रेशन गर्न तयारी रहेका विरामीहरुमा मुख्यतया समस्या आउने र कतिपयलाई विद्युत आपुर्ती अभावका कारण अन्तै रिफर गर्नुपर्ने स्थिति आएको गुनासो गरे । नेपाल विद्युत प्राधिकरणले अर्को निर्णय नभए सम्मका लागि निजि औधोगिक प्रतिष्ठान, अस्पताल लगायतका ग्राहकहरुको हकमा फाल्गुन ११ गतेबाट लोडसेडिङ् तालिकामा रहनेगरी विद्युत आपुर्तीको व्यवस्था मिलाउन भन्दै सार्वजनीक सूचना निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
-
सुरक्षा परीक्षणमै नियन्त्रणबाहिर गयो ओपनएआईको एआई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण