काँग्रेस म्याग्दीको सभापतिमा गर्बुजा निर्वाचित
मङ्गलबार, ११ फागुन २०७२, ०८ : ०२
म्याग्दी – नेपाली काँग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा –खम्बिर) निर्वाचित भएका छन् ।
छैठौँ जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनका लागि सोमबार भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार २५७ मत प्राप्त गरेर गर्बुजा सभापतिमा निर्वाचित भएका हुन् ।
संस्थापन पक्षका गर्बुजाका प्रतिस्पर्धी देउवा पक्षका नेत्रबहादुर महतले १२६ मत प्राप्त गरेका छन् ।
४०४ जना मतदाता रहेकामा ३८९ मत खसेको थियो । यसैगरी सचिवमा हरिकुमार श्रेष्ठले १८६ र कोषाध्यक्षमा टङ्क हमालले २०५ मत प्राप्त गरी विजयी भएको निर्वाचन समितिका सदस्य सागरजीवी उपाध्यायले जानकारी दिए ।
जिल्ला कार्यसमितिको खुल्ला सदस्यतर्फ ओम छन्त्याल, कर्णबहादुर भण्डारी –केबी), मीनबहादुर कार्की र माधवप्रसाद रेग्मी विजयी भएका छन् । यसैगरी अल्पसङ्ख्यकतर्फ कमल छन्त्याल र दलित सदस्यमा मनकुमारी विक निर्वाचित भएका छन् ।
महिलातर्फ अमृतादेवी बानिया, यमकुमारी गर्बुजा र सावित्री बरुवाल तथा जनजाति सदस्यमा रेकबहादुर पुन जिल्ला सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिहरुमा खुल्लातर्फबाट रेशमबहादुर बानिया, चिरञ्जीवी शर्मा, मुकुन छन्त्याल, तमबहादुर थापा, जीतेन्द्र पुन र भरत रकाल निर्वाचित भएका छन् ।
महाधिवेशन प्रतिनिधिमा महिलातर्फ विमला गौचन र सुमित्रा गर्बुजा, जनजातितर्फ डमबहादुर गर्बुजा, अल्पसङ्ख्यकमा धनबहादुर छन्त्याल र दलिततर्फ वीरबहादुर विक निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण