मान्छे बेच्न खोज्ने दुई कारागार चलान
मङ्गलबार, ११ फागुन २०७२, ०८ : ०३
मोरङ – एक महिलालाई बेचबिखन गर्न भारततर्फ लैजाने दुईजनालाई मोरङ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि सोमबार साँझ कारागार चलान गरिएको छ ।
स्रेस्तेदार ध्रुव ढकालका अनुसार बेलबारी–११ का ३३ वर्षीय योगेश भन्ने वासुदेव राई र सुनसरी इटहरी–६ का ३१ वर्षीय कैलाश पोखरेललाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
जिल्ला अदालतका न्यायाधीश फडिन्द्रप्रसाद पराजुलीको इजलासमा सोमबार दिउँसो भएको बहसका क्रममा उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको स्रेस्तेदार ध्रुव ढकालले जानकारी दिए ।
गत माघ १५ गते २९ वर्षीया एक महिलालाई उनीहरुले विभिन्न प्रलोभन देखाएर बेचबिखनका लागि भारत लैजाने क्रममा इलाका प्रहरी कार्यालय रानीले विराटनगर २० हुलास मेटल नजिकबाट नियन्त्रणमा लिएर मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण