बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

ह्विल चियर प्रदान

मङ्गलबार, ११ फागुन २०७२, ११ : १९
मङ्गलबार, ११ फागुन २०७२

काठमाडौँ– राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाजले अपाङ्गता भएका व्यक्तिलाई आज बिहान ह्विल चियर प्रदान गरेको छ ।

समाजले प्रजातन्त्र दिवसको अवसरमा ५० जनालाई ह्विल चियर, कम्प्युटर तथा सीपमूलक तालिमसमेत प्रदान गरेको हो ।

सांसद चन्द्रादेवी जोशीले उक्त संस्थाबाट वितरण गरिएका ह्विल चियरले अपाङ्गता भएका व्यक्तिलाई हिँडडुल तथा आवतजावत गर्न सहयोग पुग्ने बताउँदै उनीहरूलाई व्यावसायिक सीप, ज्ञान तथा अवसर प्रदान गरेमा ती समुदायले पनि समाजको विकासमा योगदान गर्न सक्ने बताइन् ।

समाजका अध्यक्ष राकेश हमालले आफ्नो संस्थाले विभिन्न दातृ निकायसँग समन्वय गरी समय समयमा अपाङ्गता भएका व्यक्तिलाई देशका विभिन्न स्थानमा पुगेर सहयोग उपलब्ध गराउँदै आएको जानकारी दिइन् ।

नेपाल नेत्रहीन सङ्घका कोषाध्यक्ष सुगम भट्टराईले अब बन्ने नयाँ संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिँदै यस किसिमको सहयोगलाई काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रमा सीमित नराखी बाहिरसमेत पु¥याउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप