ट्राफिक चेकजाँच र सचेतनासँगै दुर्घटना र मृतकको सङ्ख्यामा कमी
चितवन– ट्राफिक जनचेतना र चेक जाँचमा कडाइ गरिएसँगै गत सात महिनामा यहाँ दुर्घटनाको सङ्ख्यामा निकै कमी आएको छ । जसका कारण दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्यासमेत घटेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गत वर्षको साउनदेखि माघसम्ममा १२३ वटा दुर्घटना भई ५६ जनाको मृत्यु भएको थियो । तर यस वर्षको सोही अवधिमा ७९ वटा दुर्घटना भई ३६ जनाको मृत्यु भएको छ ।
गत वर्षको सात महिनामा भएका दुर्घटनामा २०५ जना घाइते भएका थिए भने यस वर्ष ६१ जनामात्र घाइते भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा हुने दुर्घटनामा पनि निकै कमी आएको पाइएको छ । कार्यालयले यस वर्षको माघसम्ममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएका एक हजार २०१ जनालाई कारबाहीसहित ट्राफिक सचेतना कक्षा लिएको छ । गत वर्षभरिमा एक हजार १६८ जनालाई मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कारबाही गरेको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख राजन भेटुवालका अनुसार ट्राफिक सचेतनासँगै मापसे र अन्य चेकजाँचका कारण दुर्घटनामा कमी आएको हो ।
कार्यालयले गएको सात महिनामा ४०० विद्यार्थी, २५० जना नेपाली सेना, सवारी धनी, चालक र परिचालक गरी ७२० जनालाई ट्राफिक सचेतना कार्यक्रममार्फत प्रशिक्षणसमेत दिएको छ । यसका अतिरित्त मापसे कारबाहीका क्रममा पक्राउ परेका एक हजार २०१ जनालाई पनि यो कक्षा दिइएको भेटुवालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण