बाँदर आतङ्कले कृषक आक्रोशित
मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची क्षेत्रमा पछिल्लो समयमा बाँदरले तरकारीखेती तथा धान उत्पादनका लागि राखिएका बीउबिजन नष्ट गर्न थालेपछि कृषक अक्रोशित बनेका छन् ।
जिल्लाको मेलम्ची नगरपालिका वडा नं १२, १३ तथा उत्तरी गाविस थाङ्पालकोट, भोताङमा पछिल्लो समय बाँदरको बिगबिगी बढेसँगै कृषकले निकै दुःख खेप्नुपरेको मेलम्ची नगरपालिकाका कृषक तुलाराम दाहालले बताए ।
विभिन्न किसिमका कीटनाशक औषधि प्रयोग गरेर निकै मेहनत गरी उत्पादन गरेको बीउबिजन तथा तरकारीखेतीको उत्पादनका लागि राखिएको काउली, गोलभेँडा, बन्दाकोपीलगायतका बेर्ना बाँदरले नष्ट गर्ने गरेकाले किसान चिन्तित बनेको टोमशङ्खर दुलालले बताए ।
आलु उत्पादनका लागि महिनौँ लगाएर विभिन्न औषधि प्रयोग गरी गोडमेल गरी निकै मेहनतका साथ खट्यो तर बाँदरको बथानले उक्त आलुखेती एकैछिनमा नष्ट गरिदिएको अर्का कृषक हेमराज खतिवडाले गुनासो गरे ।
रातभर चिसोमा बाँदर कुरेर बस्न नसकिने बिहान सबेरै उठेर तरकारीखेतीको संरक्षणका लागि जान पनि नभ्याउने भएकाले दुःख गरेर उत्पादन गरेको सबै तरकारी बाली बाँदरले दिनप्रतिदिन नष्ट गर्ने गरेको खतिवडाको भनाइ छ ।
बाँदरको उचित व्यवस्थापन गर्न नसकेकै कारणले पहिलेको तुलनामा तरकारी उत्पादनमा निकै कमी आएको कृृषकको भनाइ छ । बाँदरले यसरी दुःख दिँदै आएको र अब कसरी व्यवस्थापन गर्न सकिन्छ स्थानीयवासी र प्रशासनले छिटोभन्दा छिटो ध्यान दिएर उचित व्यवस्थापनमा लाग्नुपर्नेमा कृषकले जोड दिएका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण