एप्स प्रकरण ढाकछोप गर्न टेलिकम प्रबन्धक नेताको घर–घरमा
काठमाडौं– नेपाल टेलिकमले बजारमा ल्याएको एप्स ‘मीट’ बनाउँदा अनावश्यक खर्च गरी भ्रष्टाचार भएकाले सम्बन्धित निकायको ध्यान छानबिन गरी सत्य–तथ्य सार्वजनिक गर्नुपर्ने भन्दै रातोपाटीले समाचार निरन्तर प्रकाशन गरेपछि टेलिकमभित्रै चर्चा–परिचर्चा हुनुका साथै भ्रष्टाचार प्रकरण लुकाउने खोज्नेलाई कारबाही थालेको छ । प्रविधि दुरुपयोग भए–नभएकोबारे प्रस्ट पार्न परीक्षण नगरिएको पाइएकाले टेलिकमका उच्चतहका कर्मचारी यस प्रकरणमा मुछिने भएपछि प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले टेलिकमका भ्रष्टाचार लुकाउन काउन्सिलिङ थालेका छन् ।
दौडधुपमा प्रबन्ध निर्देशक आचार्य टेलिकम भ्रष्टाचारमा आफू मुछिने भएपछि बुद्धिप्रसाद आचार्य दौडधुपमा लागेको बुझिएको छ । टेलिकमका एक कर्मचारी भन्छन्, ‘हाकिमसापको अहिलेको दौडधुप मायालाग्दो देखिन्छ । १५ लाखमा बन्ने एप्सलाई करोडौं खर्च भएको समाचार सार्वजनिक भएपछि अख्तियारले तान्ने डरले उनको दौडधुप बढेको हो ।’ स्रोतका अनुसार उनी एप्स प्रकरण सार्वजनिकपछि विभिन्न राजनीतिक दलसम्बद्ध नेतासँग बाक्लो भेटघाटमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तदारुकतासाथ कारबाही अगाडि बढाइरहेका बेला टेलिकम प्रबन्ध निर्देशक आचार्य एप्स भ्रष्टाचारमा आफू नमुछिई सल्टाउन ’सेटिङ’ मिलाउन ब्यस्त छन् । प्रविधिको खासै ज्ञान नभएका व्यवस्थापन पृष्ठभूमिका आचार्य यस प्रकरण सल्टाउन टेलिकमकै इन्जिनियरसँग परामर्श लिइरहेका छन् ।
समाचार स्रोत पत्ता लगाउन निर्देशन रातोपाटीसँग कुराकानी गर्दै स्रोत भन्छ, ’समाचार सार्वजनिक भएपछि, यस्तो समाचार रातोपाटीलाई कसले दियो भन्ने जानकारी कुनै पनि हालतमा चाहिने भन्दै टेलिकम प्रबन्ध निर्देशक आचार्यले सम्बन्धित कर्मचारीलाई निर्देशन दिएका छन् । समाचार दिने मान्छे पत्ता लगाउनुस् भन्ने निर्देशन कर्मचारीलाई दिइएको हो । एप्समा भ्रष्टाचार भएको सूचना कसले दियो भन्दै टेलिकम प्रवक्ता प्रतिमा वैद्यले रातोपाटीकर्मीलाई प्रश्न सोधेकी थिइन् । एप्स बनाउँदा अनियमितता भएकोबारे बुझ्न टेलिकम पुगेका राटोपाटीकर्मीलाई प्रवक्ता वैद्यले भनिन्, ‘सूचना कसले दियो र समाचारको स्रोत को हो जानकारी गराउनुस् ।’ जवाफमा राटोपाटीकर्मीले समाचारको स्रोत भन्न नमिल्ने बताएपछि उनले टेलिकमका केही कर्मचारीलाई निगरानीमा राखेको बुझिएको छ । स्रोत भन्छ, ‘बुद्धिप्रसाद आचार्यले भ्रष्टाचार लुकाउन लागिपरेका छन् । उनले एप्स बनाउँदा टेलि डीएनए प्रतिनिधिसमेत बोलाएर भ्रष्टाचार लुकाउन के–के गर्न सकिन्छ भनेर जानकारी लिइरहेका छन् । टेलि डीएनएको वेबसाइटमा उल्लेख नम्बरमा सम्पर्क गर्न खोज्दा भने फोन उठेन ।
‘पेनेट्रेसन टेस्टिङ’ र ‘भल्नेराबिलिटी’ टेस्टिङ’ हुनुपर्छ : प्रधानमन्त्रीका प्राविधिक निर्देशक प्रधानमन्त्री केपी शर्मा ओलीका प्राविधिक निर्देशकसमेत रहेका मुकेश रेग्मीले सफ्टवेयरका हकमा बेलाबेलामा ’पेनेट्रेसन टेस्टिङ’ र ‘भल्नेराबिलिटी टेस्टिङ’ हुनुपर्ने बताएका छन् । सिंहका अनुसार यस्ता सफ्टवेयरले सही रूपमा काम गरिरहेको छ÷छैन भन्ने विषयमा समय–समयमा परीक्षण गरिनुपर्छ । उनले भने, ‘टेलिकमजस्तो जनतासँग प्रत्यक्ष सम्बन्ध राख्ने संस्थामा अनियमतिता हुँदैन भन्ने प्रस्ट पार्न उल्लिखित दुई परीक्षण हुनुपर्छ । यस्तो एप्स लाइभ गर्नुअघि ‘इथिकल ह्याकर’ लाई संग्लग्न गराई सुरक्षासम्बन्धी सम्पूर्ण परीक्षण गर्नुपर्छ ।’ तर, टेलिकमले ल्याएको एप्समाथि नेपालकै एक कम्पनीले सफ्टवेयरको सुरक्षा संयन्त्र निकै कमजोर भएको भन्ने प्रतिवेदन टेलि डीएनएलाई बुझाए पनि यसबारे नेपाल टेलिकम र टेलि डीएनएले चासो नदेखाएको स्रोतको दाबी छ । हार्डवेयर किने पनि १५ करोड़ लाग्दैन : आईटी विज्ञ १५ लाखमा बन्ने एप्सलाई सात करोड खर्च गरेको समाचार सार्वजनिक भएपछि नेपाल टेलिकम सहप्रवक्ता डिल्ली अधिकारीले एप्स बनाउनमात्र नभई सो एप्ससँग सम्बन्धित हार्डवेयर किन्नसमेत उल्लिखित रकम लागेको बताए । यता, काठमाडौंमा सञ्चालित विभिन्न आईटी कम्पनीले भने उक्त एप्सलाई चाहिने हार्डवेयर किन्दासमेत त्यति धेरै रकम नलाग्ने दाबी गरेका छन् । यता, भारतको नयाँदिल्लीमा सञ्चालित अर्को आईटी कम्पनीले समेत टेलि डीएनएले अनियमितता गरेको हुन सक्ने शंका गरेको छ । ‘नेपालको राजनीतिक अवस्थालाई हेरेर आफूखुसी गरिएको हुन सक्छ । ‘मीट’ एप्स बनाउन सात करोड रुपैयाँ लाग्दै नलाग्ने उसको भनाइ छ । अख्तियार प्रवक्ताले भने– छानबिन जारी नेपाल टेलिकमले बजारमा ल्याएको एप्समा भएको भ्रष्टचारबारे रातोपाटीकर्मीले बुझ्दा सोमवार आयोग प्रवक्ता कृष्णहरि पुष्करले छानबिन थालिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण