बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

सोलुखुम्बुमा ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

मङ्गलबार, ११ फागुन २०७२, १३ : ३९
मङ्गलबार, ११ फागुन २०७२

सोलुखुम्बु - सोलुखुम्बुको तिंलान् गाविसमा आज बिहान ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सामान लिएर जिल्लाको मुक्ली गाविसतर्फ आइरहेको मिनी ट्रक आज सबेरै तिङ्लान गाविसमा दुर्घटना हुँदा ट्रकमा सवार तीन जनाको ज्यान गएको र चालक ईन्द्र तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख माधब बुढाथोकीले जानकारी दिए । दुर्घटनामा परी मृत्यु हुनेमा मुक्ली–१ सोलुखुम्बुका भीमबहादुर बस्नेत र उनका भतिजा छत्रबहादुर बस्नेत रहेका छन् भने सहचालकको भने सनाखत हुन नसकेको जिल्ला ट्राफिक इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए । घाइते चालकको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप