कुकुर नियन्त्रण गर्न काठमाडौँ महानगरपालिकाको तीनवर्षीय योजना
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले निकट भविष्यमा नै सामुदायिक कुकुरलाई व्यवस्थापन गर्ने भएको छ ।
विभिन्न स्थानमा छाडा रुपमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा समस्या आउनाका साथै अनावश्यक कुकुर उत्पादन भएकाले नियन्त्रणका लागि अभियान सुरु गर्न लागिएको महानगरपालिका, जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार अव्यवस्थित रुपमा रहेका कुकुरका कारण मानिसको स्वास्थ्यमा समेत विभिन्न असर परेकाले यसलाई नियन्त्रण गर्न लागिएको हो । अबको पाँच दिनपछि कुकुरको तथ्याङ्क सङ्कलनसुरु गरिने तयारी रहेको महाशाखाले बताएको छ ।
कुकर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सक्रियता रहने छ । अभियानका लागि झन्डै रु तीन करोड ५० लाख लाग्ने अनुमान गरिएको छ ।
रेबिज रोग लागेको नलागेको र अन्य रोगको पनि तथ्याङ्क लिने बताइएको छ । महानगरका ३५ वडामा सञ्चालन गर्न लागिएको अभियान तीन वर्षीय योजना अन्तर्गत पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण